मुख्य समाचार
अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकपमा पहिलोपटक ४८ टोलीले सहभागिता जनाउँदै
अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकपमा पहिलोपटक ४८ टोलीले सहभागिता जनाउँदै

। फिफा विश्वकप २०२६ सुरु हुन एक महिना बाँकी छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकपमा पहिलोपटक ४८ टोलीले सहभागिता जनाउँदै छन् ।

तसर्थ लामो समयसम्म विश्वकपमा छनोट हुन नसकेका टोलीहरुले पनि यसपटक विश्वकपमा स्थान बनाउन सफल भएका छन् । विश्वकप खेल्ने टोलीको संख्या ३२ बाट ४८ पु¥याउँदा ४ देशले पहिलोपटक विश्वकप खेल्दैछन् ।

२३औं संस्करणको विश्वकप आयोजना हुन लाग्दा छनोट खेल्न थालेको ४० वर्षपछि जोर्डनले पहिलोपटक स्थान बनाएको छ । पटकपटक असफल भएको जोर्डन यसपटक एसियाली क्षेत्र छनोट पार गर्दै विश्वकपमा पुगेको हो ।

एसियाली क्षेत्र छनोटबाट यसअघि ५ टोली छनोट हुनेमा यसपटक ८ टोली सहभागी गराउँदा त्यसको फाइदा जोर्डनले उठाउन सफल भयो । एसियाली क्षेत्र छनोट पार गर्दै पहिलोपटक विश्वकपमा पुग्ने अर्काे टोली हो –उज्वेकिस्तान ।

छनोटको तेस्रो चरणको खेलमा १८ टोलीलाई ३ समूहमा विभाजन गरिएको थियो । जसमा प्रत्येक समूहबाट शीर्र्ष २ मा रहने टोली विश्वकपमा छनोट हुने व्यवस्था थियो । सोही व्यवस्थाअनुसार उज्वेकिस्तान समूह ‘ए’ र जोर्डन समूह ‘बी’बाट विश्वकपमा स्थान बनाएका हुन् ।

उज्वेकिस्तानले १० खेलमा ६ खेलमा जित निकाल्दा ३ खेलमा ड्र खेल्यो । ४–४ खेलमा जित र ड्र हुँदा जोर्डनले २ खेल गुमायो । उज्वेकिस्तानले युएईसँग बराबरी खेल्दा विश्वकपको ढोका खुलेको थियो ।

जोर्डनले ओमनलाई हराउँदै विश्वकपमा पहिलो पाइला चालेको हो । उनीहरुसहित एसियाली क्षेत्र छनोटबाट इरान, अष्ट्रेलिया, दक्षिण कोरिया र जापान विश्वकपमा छनोट भएका हुन् । पहिलोपटक विश्वकपमा छनोट भएको जोर्डनले समूह चरणमै विश्व विजेता अर्जेन्टिनासँग खेल्नेछ ।

समूह ‘जे’ मा रहेको जोर्डनले पहिलो खेल जुन १६ अष्ट्रिया, दोस्रो खेल जुन २२ मा अल्गेरिया र जुन २७ मा अर्जेन्टिनासँग खेल्ने तालिका छ । समूह ‘के’ मा रहेको उज्वेकिस्तानले पहिलो खेल जुन १७ मा कोलम्बिया, जुन २३ मा पोर्चुगल र जुन २७ मा कंगोसँग खेल्नेछ ।

फिफा विश्वकपमा पहिलोपटक स्थान बनाउने अन्य दुई टोली हुन्, कुराकाओ र केप भर्डे । कुराकाओ फिफा विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो । ४४४ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त देशको जनसंख्या २ लाखभन्दा कम छ ।

छनोट चरणमा कुराकाओले ६ खेलमा ३ जित र ३ बराबरीको नतिजासहित १२ अंक जोडेको थियो । कोनकाकाफ छनोटको अन्तिम खेलमा जमैकासँग बराबरी खेलेसँगै कुराकाओले विश्वकपमा इन्ट्री गरेको हो । कुराकाओ छनोटअन्तर्गत तेस्रो चरणमा समूह ‘बी’ को विजेता बन्न सफल भयो ।

नेदरल्याण्ड्स एन्टिल्सको उत्तराधिकारीको रुपमा रहेको कुराकाओले सन् २०१४ को फिफा विश्वकप छनोटमा पहिलोपटक सहभागिता जनाएको हो । सन् २०२२ को विश्वकप छनोटमा पानामासँग २–१ ले पराजित हुँदा कुराकाओ दोस्रो चरणबाट बाहिरिएको थियो ।

तर, यसपटक भने कुराकाओले मौका गुमाएन र विश्वकपमा छनोट हुन सफल भयो । विश्वकपको समूह ‘इ’ मा रहेको कुराकाओले समूह चरणको पहिलो खेल जुन १४ मा जर्मनी, दोस्रो खेल जुन २० मा इक्वेडर र जुन २५ मा कोट दिम्वारसँग खेल्नेछ ।

अफ्रिकी महादेशको छनोट पार गर्दै पहिलोपटक विश्वकपमा पुग्ने टोली हो केप भर्डे । छनोटअन्तर्गत समूह ‘डी’ को शीर्ष स्थानमा रहँदै केप भर्डे पहिलोपटक विश्वकपमा पुगेको हो ।

केप भर्डेले १० खेलमा ७ खेलमा जित, २ खेलमा बराबरी खेल्दा एक खेल गुमाएको थियो । इस्वाटिनीविरुद्ध ३–० को सहज जित निकाल्दै विश्वकपको स्वर्णिम पाइला कोरेको हो । २००२ देखि विश्वकप छनोटमा सहभागी हुन थालेको केप भर्डे २४ वर्षपछि सपना पुरा गरेको हो ।

सन् २०२२ को विश्वकप छनोटमा केप भर्डे नाइजेरियासँग पराजित हुँदा समूह चरणबाट बाहिरिएको थियो । विश्वकपमा टोलीको संख्या वृद्धि भएको फाइदा केप भर्डेले पनि उठाउन सफल भयो ।

समूह ‘एच’ मा रहेको केप भर्डेले विश्वकप जितिसकेको देशहरुसँग प्रतिष्पर्धा गर्नेछ । समूह चरणको पहिलो खेल केप भर्डेले जुन १५ मा स्पेन, दोस्रो खेल जुन २१ मा उरुग्वे र जुन २६ मा साउदी अरेयिबासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम