मुख्य समाचार
सरकारले ल्याएका विभिन्न अध्यादेशहरू संसद्मा पेस
सरकारले ल्याएका विभिन्न अध्यादेशहरू संसद्मा पेस

। सरकारले ल्याएका विभिन्न अध्यादेशहरू संसद्मा पेस भएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलेले केही अध्यादेश पेस गरिन् ।

जस अन्तर्गत सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश रहेका छन् ।

मन्त्री गौतमले केही नेपाललाई संशोधन गर्न बनेको अधयादेश पनि पेस गरिन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश पेस गरे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गरे ।

संविधानको धारा ११४ अनुसार सरकारले संसद अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्दछ ।

त्यसरी ल्याएको अध्यादेश संसद्को अधिवेशन आह्वान भएपछिको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेस गर्नुपर्छ ।

त्यसपछि सांसदहरूले चाहेको खण्डमा अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिन सक्दछन् ।

यस्तो व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम ९५ र राष्ट्रिय सभा नियमावलीको नियम ८९ मा छ ।

‘अध्यादेश अस्वीकार गरियोस्भन्ने प्रस्ताव पेस गर्न चाहने सदस्यले त्यस्तो सूचना अध्यादेश पेश भएको दुई दिनभित्र महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनु पर्नेछ’ प्रतिनिधिसभा नियमावलीको नियम ९५ को उपनियम १ मा भनिएको छ ।

यस्तो सूचना दिँदा अध्यादेश अस्वीकृत गर्नु पर्नाको कारण समेत उल्लेख हुनु पर्दछ ।

अध्यादेश दुवै सदनबाट स्वीकृत भएमा दुवै सदनको बैठक बसेको ६० दिन भित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पारित गरेर राष्ट्रपतिबाट समेत प्रमणीकरण भएर ऐनमा रुपान्तरित भइसक्नुपर्छ । अन्यथा, अध्यादेश स्वतः निष्क्रिय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिम प्रदेशमा गरिएको भेला पार्टीमा कुनै विग्रह ल्याउनका लागि नभएको दाबी गरेका छन् । धनगढीमा आयोजित भेलामा सम्बोधन गर्ने क्रममा उनले पार्टीलाई एकताबद्ध बनाएर थप संगठित गर्नका लागि भेला आयोजित गरिएको जिकिर गरे । ‘यो भेला पार्टीमा विग्रह ल्याउनका लागि होइन । नेपाली कांग्रेसलाई एकताबद्ध गरेर थप संगठित गर्नका लागि हो ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गरेकी छन् । उद्योग निरीक्षणपश्चात् आयोजित छलफल कार्यक्रममा मन्त्री ...
। नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् । आइतबार कैलालीको धनगढीमा आयोजना गरेक प्रदेशस्तरीय भेलामा उनले पार्टी एकतामा जोड दिँदै सभापति थापासँग समन्वयका लागि आग्रह गरेका हुन् । ‘अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नस्,’ भेलाका प्रमुख अतिथि साउदले भने, ...
। उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म संघर्ष जारी राख्ने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी बृहत् सभालाई सम्बोधन गर्दै उनले छोरा–छोरीबीच समान व्यवहार भए मात्रै समाजबाट दाइजो प्रथा अन्त्य गर्न सकिने बताइन् । ‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔं, छोरी बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै ठाकुरले दाइजोका ...
। ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर भइ ललितपुर हात्तिवन बस्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी छिन् । शनिबार दिउँसो साढे ३ बजेतिर ज्ञाननगर टोलमा बाटो काट्ने क्रममा प्र.०१–०३३ च ८७८० नम्बरको जिपले बालिकालाई ठक्कर दिँदै अघि बढेको थियो । जिपको ठक्करबाट गम्भीर ...