मुख्य समाचार
तीन प्रदेशका थारु अगुवाको भेला : परम्परागत प्रथाको संरक्षण गर्न माग
तीन प्रदेशका थारु अगुवाको भेला : परम्परागत प्रथाको संरक्षण गर्न माग

: दाङमा तीन प्रदेशका थारु अगुवाहरूको जमगट भएको छ । थारु समुदायको आदिमकालदेखि चलिआएको परम्परागत मटाँवा–बरघर–भलमन्सा प्रथाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन सुरू भएको छ ।

दंगिशरण गाउँपालिका वडा नम्बर ३, चखौरामा सोमबार देखि ’थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटाँवा बरघर भलमन्साको अन्तर प्रदेशस्तरीय सम्मेलन तथा अनुभव आदानप्रदान कार्यक्रम’ सुरू भएको हो ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले एक भव्य समारोहका बीच सम्मेलनको उद्घाटन गरेका हुन । सम्मेलनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका एक हजार बढी थारू अगुवाहरूको सहभागिता रहेको छ ।



सम्मेलनमा दाङ,बाँके,बर्दिया,कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तु, रूपन्देही र नवलपरासीबाट महटवाको सहभागीता रहेको छ । परम्परागत प्रथाको अनुभव आदानप्रदान, अलिखित कानुनी अभ्यासको अभिलेखीकरण र संस्कृति संरक्षण अन्तर प्रदेशस्तरीय सम्मेलन गरिएको मटाँवा बरघर भलमन्सा सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले बताए ।

लुम्बिनी प्रदेशका पूर्वमूख्यमन्त्री समेत रहेका चौधरीले थारू समाज सञ्चालनका लागि यो प्रथा मेरुदण्ड रहेको बताए । उनका अनुसार जिल्ला अनुसार मटाँवा, बरघर वा भलमन्सा भनेर फरक–फरक नामले चिनिए पनि गाउँको विकास, न्याय सम्पादन र सामाजिक एकतामा सबैको भूमिका समान रहने गर्दछ ।

दुई दिनसम्म चल्ने यस सम्मेलनमा विभिन्न महत्त्वपूर्ण सत्रहरू सञ्चालन भएका छन । थारू समुदायको परम्परागत कानुन र यसको अन्तर्राष्ट्रिय अभ्यास, थारु समुदायको आर्थिक स्तर उकास्ने रणनीति बालविवाह मुक्त अभियानमा बालविवाह रोकथाममा मटाँवा–बरघरहरूको भूमिका र कानूनी प्रावधान लगायतका विषयमा छलफल हुनेछ ।

लोप हुन लागेका थारू कला र संस्कृतिको जगेर्ना गरिएको छ । सम्मेलनले थारू समुदायको परम्परागत नेतृत्वलाई आधुनिक लोकतान्त्रिक व्यवस्थासँग जोड्न र कानुनी मान्यता दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको ...
: सुनसरी प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । सुनसरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय सुनसरीको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न ...
: सांसदहरुले संसदीय समितिप्रति सरकारलाई जवाफदेही बनाउनु पर्नेमा जोड दिएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उनीहरुले समितिको कार्यक्षेत्रमा रहेका बिषयहरुमा कार्यकारीलाई जवाफदेही बनाउदै प्रभावकारी रुपमा अघि बढ्नु पर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले बेरुजुका बिषयमा पनि गम्भीर भएर छलफल गर्नुपर्ने बताएका छन् । बैठकमा नेकपा सांसद बर्षमान पुनले समितिमा ...
: परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षी एस जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। केही साताअघि मौरिसस भ्रमणका क्रममा भएको साइडलाइनमा वार्तामा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उक्त कुरा पुष्टि गरेका हुन्। नेपालका परराष्ट्रमन्त्रीको तर्फबाट औपचारिक निम्तो आएको र आपसी सहमतिबाट ...
: राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी पदबाट हटाएका हुन्। संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्‍ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।