मुख्य समाचार
मोरङका अलग–अलग स्थानबाट दुई दिनको अवधिमा ब्राउन सुगर (खैरो हेरोइन) सहित आठ जना पक्राउ
मोरङका अलग–अलग स्थानबाट दुई दिनको अवधिमा ब्राउन सुगर (खैरो हेरोइन) सहित आठ जना पक्राउ

: मोरङका अलग–अलग स्थानबाट दुई दिनको अवधिमा ब्राउन सुगर (खैरो हेरोइन) सहित आठ जना पक्राउ परेका छन् । प्रहरीले रंगेली र कानेपोखरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । सोमबार रंगेली नगरपालिका–४ चोप्राहबाट इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको हो ।

अपरान्ह भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका बेलबारी नगरपालिका–६ का २१ वर्षीय समीर राई र बेलबारी–४ का ३४ वर्षीय शक्ति राईलाई प्रहरीले रोकेर जाँच गरेको थियो । जाँचका क्रममा शक्तिले शरीरमा लुकाएर ल्याएको २० ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सोमबार साँझ भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका रंगेली–७ का २५ वर्षीय कार्तिककुमार मण्डल र पथरीशनिश्चरे–६ का २९ वर्षीय मुकेश महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ । मण्डलको साथबाट ३ ग्राम र महतोको साथबाट ७ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ । बरामद गरिएको लागुऔषध र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ ।



यसैबीच, कानेपोखरी गाउँपालिका–६ शिवशक्ति चोकबाट पनि आइतबार राति चार जना पक्राउ परेका छन् । प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले स्थानीय २० वर्षीय प्रज्वल राई, १८ वर्षीय अन्जन जिमी, २६ वर्षीय लोकेश घले र १८ वर्षीय राज विकलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि इलाका प्रहरी कार्यालय पथरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको ...
: सुनसरी प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । सुनसरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय सुनसरीको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न ...
: सांसदहरुले संसदीय समितिप्रति सरकारलाई जवाफदेही बनाउनु पर्नेमा जोड दिएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उनीहरुले समितिको कार्यक्षेत्रमा रहेका बिषयहरुमा कार्यकारीलाई जवाफदेही बनाउदै प्रभावकारी रुपमा अघि बढ्नु पर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले बेरुजुका बिषयमा पनि गम्भीर भएर छलफल गर्नुपर्ने बताएका छन् । बैठकमा नेकपा सांसद बर्षमान पुनले समितिमा ...
: परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षी एस जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। केही साताअघि मौरिसस भ्रमणका क्रममा भएको साइडलाइनमा वार्तामा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उक्त कुरा पुष्टि गरेका हुन्। नेपालका परराष्ट्रमन्त्रीको तर्फबाट औपचारिक निम्तो आएको र आपसी सहमतिबाट ...
: राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी पदबाट हटाएका हुन्। संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्‍ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।