मुख्य समाचार
लेखा समितिमा उठ्यो पोखरा विमानस्थलको अनियमितताको विषय
लेखा समितिमा उठ्यो पोखरा विमानस्थलको अनियमितताको विषय

: सांसदहरुले संसदीय समितिप्रति सरकारलाई जवाफदेही बनाउनु पर्नेमा जोड दिएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उनीहरुले समितिको कार्यक्षेत्रमा रहेका बिषयहरुमा कार्यकारीलाई जवाफदेही बनाउदै प्रभावकारी रुपमा अघि बढ्नु पर्नेमा जोड दिएका हुन् ।

साथै उनीहरुले बेरुजुका बिषयमा पनि गम्भीर भएर छलफल गर्नुपर्ने बताएका छन् । बैठकमा नेकपा सांसद बर्षमान पुनले समितिमा सत्तापक्ष प्रतिपक्षी भन्दा पनि असल भावनाले जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पुराना सबै खराब र नयाँ सबै असल भन्ने भाष्य भन्दा पनि गुण र दोषका आधारमा मूल्याङ्कन हुनुपर्ने बताएका छन् । समितिका कामहरुलाई पारदर्शी बनाउनु पर्ने र सरकारलाई समितिप्रति जवाफदेही बनाउनु पर्ने उनको भनाइ छ । उनले जथाभावी खर्च गर्ने प्रवृतिलाई रोक्नका लागि पनि समिति गम्भीर हुनुपर्ने बताए ।

बैठकमा रास्वपा सांसद इन्दिरा रानाले मुलुकमा देखिएका बित्तीय समस्याहरु अहिलेको नभइ यसअघिको सरकारका कारण भएको बताइन् । उनले गलतलाई गलत र सहिलाई सहि भन्न सक्नु पर्ने भन्दै यसअघिको गलत प्रणालीलाई सुधार गर्नुपर्ने बताइन् ।



त्यस्तै बैठकमा सांसद सांसद खुस्बु ओलीले पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितताका बिषयमा छलफल हुनुपर्ने बताइन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा पनि यसअघि समितिमा भएका छलफललाई पनि अघि बढाउनु पर्नेमा जोड दिइन् । बैठकमा समिति सचिव एकराम गिरीले समितिको कार्यक्षेत्र र कार्यबोझबारे प्रस्तुतीकरण गरेका थिए । उनले हालसम्मको जम्मा बेरुजु रकम ७ खर्ब ३३ अर्ब १९ करोढ ९ लाख रुपैँयाँ रहेको जानकारी समेत गराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको ...
: सुनसरी प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । सुनसरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय सुनसरीको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न ...
: परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षी एस जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। केही साताअघि मौरिसस भ्रमणका क्रममा भएको साइडलाइनमा वार्तामा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उक्त कुरा पुष्टि गरेका हुन्। नेपालका परराष्ट्रमन्त्रीको तर्फबाट औपचारिक निम्तो आएको र आपसी सहमतिबाट ...
: राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी पदबाट हटाएका हुन्। संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्‍ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
: संघीय संसदनअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू हुनेवित्तिकै विपक्षी दलहरूले अवरोध गरे। सभामुख डोलप्रसाद अर्यालले बैठकको कामकारवाही अघि बढाउँदै गर्दा विपक्षी दलहरूका सांसदहरूले सिटबाट उठेर अवरोध गरेका हुन्। त्यसपछि सभामुख अर्यालले नेपाली कांग्रेस सांसद बासना थापालाई बोल्नका लागि समय दिए। थापाले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री वालेन्द्र शाह सदनबाट बाहिरिएको घटनाप्रति आपत्ति ...