मुख्य समाचार
संख्याको बलमा विधि मिच्ने काम नगर्न सरकारलाई चेतावनी
संख्याको बलमा विधि मिच्ने काम नगर्न सरकारलाई चेतावनी

। नेकपाका संयोजक प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संसद् छलेर अध्यादेश ल्याएको विषयमा आपत्ति जनाएका हुन् ।

‘संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । आफैँले बोलाएको संसद् स्थगित गरेर जनप्रतिनिधिहरुलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत जे जसरी शासन चलाउनु खोज्नु भयो,’ उनले भने, ‘जसरी प्रतिशोधको गन्ध आउने गरी धरपकडहरु सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेहरुलाई थुन्ने काम गर्नुभयो, यो लोकतान्त्रिक पद्दति र प्रणालीका लागि कसरी स्वीकार्य हुन सक्छ ?’


उनले सम्पत्ति विवरणमा उठेका प्रश्नको पारदर्शी जवाफ दिनको सट्टा ढाकछोप गरिएको आरोप लगाए ।

‘हिजो पुराना दलहरु सबै उस्तै हुन, सबै खत्तम हुन भन्ने भाष्य निर्माण गरियो । तर आज तपाईंहरु त्यही स्वेच्छाचारिता, प्रतिशोध, लोकतान्त्रिक मूल्यमा आघात गर्दै संसद् छल्ने काम गर्दै हुनुहुन्छ,’ प्रचण्डको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई मर्यादापालनमा ध्यान दिन आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले मर्यादापालनलाई ध्यान नदिने हो भने संसद्को गरिमा रहन नसक्ने उनको भनाइ थियो । मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै अघि बढ्नसक्ने उनको ...
। संसद्को अघिल्लो अधिवेशनमा सेनाबारे विवादित अभिव्यक्ति दिएका एमाले संसदीय दलका नेता रामबहादुर थापाले यो अधिवेशनमा पनि फेरि त्यस्तै धारणा सार्वजनिक गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन मंगलबार प्रतिनिधि सभाको रोस्टममा उभिएका बादलले सेनाबारे पनि अभिव्यक्ति दिए । ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ...
यो अधिवेशन असामान्य परम्परासहित सुरु भएको छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माण कार्यलाई खोसेर सरकारले करिब डेढ सय कानुन संशोधन र केही नयाँ कानुनहरू अत्यादेशमार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्‍याएको छ। संसदीय प्रणालीप्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा शंक उत्पन्न भएको ...
। नेकपाका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गरिएको भन्दै आपत्ति जनाए । ‘आधुनिक लोकतन्त्रको मुख्य आत्मा नै ट्रेड युनियन हुन् । लामो संघर्षबाट प्राप्त अधिकार खोस्ने ...
। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा भएको मनोनयनले पार्टीको बृहत् एकताको उद्देश्यमा ठेस पुगेको बताएका छन् । सभापति गनग थापाले सोमबार गरेको १९ जना केन्द्रीय सदस्यको मनोनयनबारे धारणा सार्वजनिक गर्दै उनले बिना कुनै परामर्श मनोनीत गरिएको बताएका छन् । ‘वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमतिको मनोनयन सम्बन्धमा मसँग कुनै छलफल परामर्श भएको ...