मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहलाई मर्यादापालनमा ध्यान दिन आग्रह
प्रधानमन्त्री बालेन शाहलाई मर्यादापालनमा ध्यान दिन आग्रह

। पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई मर्यादापालनमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहले मर्यादापालनलाई ध्यान नदिने हो भने संसद्को गरिमा रहन नसक्ने उनको भनाइ थियो ।

मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै अघि बढ्नसक्ने उनको भनाइ थियो ।

‘हाम्रो भू–राजनीतिक अवस्थितिले ठूलो विवेक र संयमको माग गर्दछ । संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामी अघि जान सक्छौं,’ प्रचण्डले भने, ‘हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै प्रधानमन्त्रीजीले केही निश्चित मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन ।’

उक्त विषयमा ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्रीको कार्यशैलीमा सबै नेपालको भविष्य जोडिएको टिप्पणी गरे ।

‘यसमा हामी सबैको ध्यान जाओस् । प्रधानमन्त्रीको कार्यशैलीमा हामी सबैको भविष्य जोडिएको छ,’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मानव अधिकार आयोगले अनलाइन सञ्चारमाध्यमहरूको प्रभावकारी नियमन गर्न सरकारलाई निर्देशन दिएको छ । गत शुक्रबार सरकारलाई मानव अधिकार संरक्षणका लागि केही निर्देशनहरू पठाएको उल्लेख गर्दै आयोगले त्यसमा अनलाइन सञ्चारमाध्यमहरूको नियमनलाई प्राथमिकता दिएको हो । आयोगले गलत र भ्रमपूर्ण सूचना अनि मिथ्या समाचारका कारण नकारात्मक असर पर्नसक्ने भन्दै त्यसलाई रोक्न र अभिव्यक्ति स्वतन्त्रतामा असर नपर्ने गरी ...
। प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज जवाफ दिँदैछन् । जवाफ दिइसकेपछि आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए । त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री बालेन ...
। २०८१ साउन महिनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति हुँदा संविधान संशोधनको एजेन्डा पनि प्राथमिकतामा परेको थियो । सात बुँदे सहमतिमा दोस्रो बुँदामा ‘संविधानमा आवश्यक संशोधन र तद् अनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख थियो । त्यही सहमतिको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्यो । तर, संविधान संशोधनले गति ...
। संसद्को अघिल्लो अधिवेशनमा सेनाबारे विवादित अभिव्यक्ति दिएका एमाले संसदीय दलका नेता रामबहादुर थापाले यो अधिवेशनमा पनि फेरि त्यस्तै धारणा सार्वजनिक गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन मंगलबार प्रतिनिधि सभाको रोस्टममा उभिएका बादलले सेनाबारे पनि अभिव्यक्ति दिए । ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ...
। नेकपाका संयोजक प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संसद् छलेर अध्यादेश ल्याएको विषयमा आपत्ति जनाएका हुन् । ‘संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । आफैँले बोलाएको संसद् स्थगित गरेर जनप्रतिनिधिहरुलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत जे जसरी शासन चलाउनु खोज्नु भयो,’ उनले भने, ...