मुख्य समाचार
मन्त्रालयले देशभरि रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाए
मन्त्रालयले देशभरि रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाए

। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरि रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको छ ।

मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै विशेषगरी पश्चिम एसियामा जारी द्वन्द्वका कारण सम्झौता भइसकेको करिब १ लाख ८५ हजार टन मल आपूर्तिमा समस्या परेको जानकारी दिएको हो ।

अगामी वर्षे धानबाली सिजनमा मलको माग र खपत उच्च हुने समय नजिकिँदै गर्दा मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको दाबी गरेको छ ।

यद्यपि, अन्तर्राष्ट्रिय बजारबाट मल खरिद र आपूर्तिमा हुन सक्ने सम्भावित समस्याप्रति मन्त्रालयले पूर्वसतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

मल अभाव मौका छोपेर बजारमा कमसल मल बिक्री हुन सक्ने वा सरकारी अनुदानको मलमा कालोबजारी हुन सक्ने सम्भावना मध्यनजर गर्दै मन्त्रालयले कडा नियमन गर्ने बताएको छ ।



‘रासायनिक मल (नियन्त्रण) आदेश २०५५’ को प्रावधान अनुसार तोकिएको विशिष्टीकरण र मापदण्ड पुगेका मलमात्र पैठारी र बिक्री गर्न पाइने व्यवस्थालाई कडाइसाथ लागु गरिने सूचनामा उल्लेख छ ।

मन्त्रालयले किसानहरूलाई कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आधिकारिक रूपमा दर्ता भएका डिलरहरूबाट मात्र मल खरिद गर्न अनुरोध गरेको छ ।

‘हामी किसानलाई अनुदानमा गुणस्तरीय मल उपलब्ध गराउन हरदम प्रयासरत छौं, तर मल खरिद गर्दा किसान स्वयंले पनि मूल्य, स्रोत र गुणस्तरबारे विक्रेतासँग सोधखोज गरी यकिन गर्नु जरुरी छ,’ सूचनामा छ, ‘यदि कतै अनियमितता वा कमसल मल भेटिए तुरुन्त स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुहोला ।’

आदेशमा उल्लेखित मापदण्ड बाहेक मल मिश्रण गरी बेच्न, गलत विवरण वा लेबल राखेर झुक्याउन पूर्णरूपमा निषेध गरिएको छ ।

यदि कसैले प्रचलित कानुन र ‘रासायनिक मल (नियन्त्रण) आदेश २०५५’ प्रतिकूल हुने गरी कारोबार गरेको पाइए कडा कानुनी कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ ।

हाल देशभरि सामान्य रूपमा मल बिक्री वितरण भइरहे पनि भविष्यमा हुन सक्ने अभाव टार्न मन्त्रालयले वैकल्पिक वैदेशिक स्रोत खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितका उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न भएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको हो । प्रहरीले काभ्रेको तेमाल–१ घर भएका प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ का ताराप्रसाद खरेलविरुद्ध मुद्दा दर्ता ...
। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाबारे गरेको टिप्पणीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ । मंगलबार पार्टीको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बादलले सेनाको भूमिकामाथि टिप्पणी गरेका थिए । यसप्रति राप्रपाकी सांसद खुस्बु ओलीले नियमापत्ति गरेकी हुन् । ‘नेपाली सेनाबारे गरिएको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन । राष्ट्रिय मनोबलमाथिको प्रहार ...
। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अध्यादेश मार्फत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पदाधिकारी र परिषद सदस्यहरू पदमुक्त गरिएकोप्रति असहमति जनाएको छ । नेफिनले पदमुक्त गरिएका परिषद् सदस्यहरूको पुनर्बहालीको माग राखेको छ । राजनीतिक नियुक्ति नभएर सम्बन्धित जातिगत संस्थाको सामूहिक निर्णयबाट सिफारिस भएर नियुक्त भएका परिषद सदस्यहरू पदमुक्त गरिन नहुने नेफिनको अडान छ । पदमुक्त गरिएका ...
। सत्तारुढ दल रास्वपाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको पछिल्लो अभिव्यक्तिप्रति प्रतिनिधिसभाको बैठकबाटै आपत्ति जनाएको छ । सोमबारको प्रतिनिधिसभ बैठकमा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले मल्लले कानुन दिवसको अवसरमा वर्तमान प्रधानमन्त्री र रास्वपाप्रतिलक्षित गरेर दिएको टिप्पणीप्रति आपत्ति जनाएका हुन् । उनले न्यायलय दूषित बनाउने काम दलहरूले गरेको भन्दै भने, ‘न्यायलय दूषित बनाउनका लागि दलको ...
। तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८० फागुन ७ गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका ...