। सत्तारुढ दल रास्वपाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको पछिल्लो अभिव्यक्तिप्रति प्रतिनिधिसभाको बैठकबाटै आपत्ति जनाएको छ ।
सोमबारको प्रतिनिधिसभ बैठकमा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले मल्लले कानुन दिवसको अवसरमा वर्तमान प्रधानमन्त्री र रास्वपाप्रतिलक्षित गरेर दिएको टिप्पणीप्रति आपत्ति जनाएका हुन् ।
उनले न्यायलय दूषित बनाउने काम दलहरूले गरेको भन्दै भने, ‘न्यायलय दूषित बनाउनका लागि दलको कोटाबाट नियुक्त भएका न्यायमूर्तिहरूबाट पछिल्लो समय देखाएको चरित्रले लाज लजाएको छ । आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर स्वच्छ न्यायालयको परिकल्पना कसरी गर्न सकिन्छ ?’
उनले कामु प्रधानन्यायाधीश विभिन्न सार्वजनिक कार्यक्रममा जाँदा आचारसंहिता ख्याल नगरेको भन्दै प्रश्न गरे । कानुनत: प्रतिबन्ध गरिएका विषयलाई ब्यानरमा राखेर आयोजना गरिएको कार्यक्रममा कामु प्रधानन्यायाधीश सहभागी भएको उनको भनाइ थियो ।
‘कोड अफ कन्डक्टभन्दा बाहिरका कार्यक्रममा न्यायाधीशहरू जानुहुँदैन जाँदैनन् भन्ने विश्वभरिको अभ्यास र विश्वास हो । दलको कोटाबाट नियुक्त भएर चिफ जस्टिस भूमिका निर्वाह गरेको भूमिका देख्दा म लज्जित भएको छु,’ उनले भने, ‘पछाडि खुकुरी रमको ब्यानरमा व्यापारिक घरानाको कार्यक्रममा पनि पुगेको छ । अनि सडकबाट दुई तिहाइको सरकारलाई ललकारेको छ । कस्तो न्याय कल्पना गर्नु भएको हो म प्रतिपक्षका शीर्ष नेताहरूलाई सोध्न चाहन्छु ।’