मुख्य समाचार
कर्णाली मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न विश्वप्रकाश गुण्डु पुगे
कर्णाली मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न विश्वप्रकाश गुण्डु पुगे

। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न पुगेका छन् ।

मंगलबार साँझ शर्मा सहमहामन्त्री उदयशमशेर राणालाई लिएर ओली भेट्न भक्तपुरको गुण्डु पुगेका हुन् ।




छलफल अन्य प्रदेशको विषयमा पनि नेताहरूबीच समीक्षा र फेरबदलको विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन् ।

कांग्रेस र एमालेबीच आलोपालो प्रदेश सरकार नेतृत्व गर्ने सहमति अनुसार आज भोलि नै टुंगो लाग्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्‌लाई सम्बोधन नगरेको विषयमा प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा प्रधानमन्त्री भए नभएको जानकारी पनि माग गरे । ‘यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?,’ उनले भने, ‘सांसदको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? ...
। स्थानीय प्रशासनले विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेशमा कडाइ गरेको छ । भारतको पश्चिम बंगालमा सत्ता फेरिएलगतै जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने रानी नाकामा कडाइ गरिएको हो । नाकामा नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको छ । पूर्वी नाका काकडभिट्टामा भने विगतदेखि परिचयत्र अनिवार्य थियो । भारतसँग सीमा जोडिएका सबै क्षेत्रमा सतर्कता बढाइएको कोशी प्रदेश प्रहरी ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितका उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न भएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको हो । प्रहरीले काभ्रेको तेमाल–१ घर भएका प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ का ताराप्रसाद खरेलविरुद्ध मुद्दा दर्ता ...
। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाबारे गरेको टिप्पणीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ । मंगलबार पार्टीको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बादलले सेनाको भूमिकामाथि टिप्पणी गरेका थिए । यसप्रति राप्रपाकी सांसद खुस्बु ओलीले नियमापत्ति गरेकी हुन् । ‘नेपाली सेनाबारे गरिएको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन । राष्ट्रिय मनोबलमाथिको प्रहार ...
। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अध्यादेश मार्फत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पदाधिकारी र परिषद सदस्यहरू पदमुक्त गरिएकोप्रति असहमति जनाएको छ । नेफिनले पदमुक्त गरिएका परिषद् सदस्यहरूको पुनर्बहालीको माग राखेको छ । राजनीतिक नियुक्ति नभएर सम्बन्धित जातिगत संस्थाको सामूहिक निर्णयबाट सिफारिस भएर नियुक्त भएका परिषद सदस्यहरू पदमुक्त गरिन नहुने नेफिनको अडान छ । पदमुक्त गरिएका ...