मुख्य समाचार
नेपाली कांग्रेसका संस्थापनइतर समूहले विराटनगरमा भेला आयोजना
नेपाली कांग्रेसका संस्थापनइतर समूहले विराटनगरमा भेला आयोजना

। नेपाली कांग्रेसका संस्थापनइतर समूहले विराटनगरमा भेला आयोजना गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सूचना, सञ्चार तथा प्रचार विभाग संयोजक मीन विश्वकर्माको अगुवाइमा मंगलबार कोशी प्रदेशस्तरीय भेला भएको हो ।

निवर्तमान सभापति शेरबहादुर देउवानिकट समूहले पार्टीलाई एकताबद्ध बनाउन सुझाव संकलन गर्न भन्दै यो भेलाको आयोजना गरेका हुन् । जसमा डा. शेखर कोइराला समूहका नेता केदार कार्कीसहितका नेता पनि पुगेर आफ्नो धारणा राखेका छन् ।

भेलालाई सम्बोधन गर्ने क्रममा पूर्वमहामन्त्री सिटौलाले जेठ १० गतेभित्र सबै प्रदेशमा प्रदेशस्तरीय भेला गरेर आवश्यक निर्णय लिनुपर्ने बताएका छन् । ‘के गर्ने हो जेठ १० गतेभित्र गरिसकौं,’ उनले भने, ‘त्यो भन्दा उता ढिलो हुन्छ ।’

भेलापछि पत्रकारसँगको कुराकानीमा उनले पार्टीको वृहत भेलाको विषय १० गतेभित्र गर्न भनेको प्रतिक्रिया दिएका छन् । ‘अहिले थोरथोरै उपस्थितिमा भेला–छलफल चलिरहेको छ । सुझाव संकलन गरिरहेका छौं । जेठ १० गतेभित्र प्रदेश स्तरीय भेला गरौं भन्ने मेरो धारणा हो ।’

पार्टीभित्र खलबलिएको एकतालाई पुन:स्थापित गर्न ढिलाइ गर्न नहुने सिटौलाले बताए । पार्टीलाई एकताबद्ध गर्नकै लागि प्रदेश तहमा छलफल चलाइएको पनि उनको दाबी छ ।

‘विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादले पार्टीलाई कमजोर बनाएको छ,’ सिटौलाले भने, ‘पार्टीभित्र एकता नभए लोकतन्त्र र देशमाथि आइलाग्ने चुनौतीहरूको सामना गर्न कांग्रेसलाई कठिन हुन्छ ।’

पार्टी केन्द्रमा बस्नेहरूले मात्रै सबै कुरा नजान्ने तर्क अघि सार्दै नेता सिटौलाले देशभरका कार्यकर्ताको भावना समेट्न आफूहरूले छलफल चलाएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशी नागरिक अनुगमन प्रणाली लागु भएको ५ महिनामा सवा १ लाख विदेशी पर्यटक अध्यागमन विभागको ट्र्याकिङमा आएका छन् । हालसम्म होटल, एजेन्सी, आन्तरिक वायुसेवा कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने १ हजार ५ सय ४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएको विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । तीमध्ये ९४ वटा होटलमात्र यस ...
। प्रतिनिधिसभामा नेपाल सरकार र भारत सरकारबीच भएको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता पेस भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पेस गरेकी हुन् । सम्झौता संसद्‌मा पेस गर्दै मन्त्री गौतमले यो सम्झौतापछि भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायत कार्यमा सहज हुने बताइन् । अपराधीलाई सजाय ...
। नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले आफूहरू १५औँ महाधिवेशनको तयारीमा जुटिसकेको बताएका छन् । जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशनलाई आफूहरूले नमान्ने स्पष्ट पार्दै अब साझा एकताका लागि १४औँ महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर कार्यसमितिलाई संयुक्त गर्नुपर्ने बताए । संयुक्त कार्यसमितिको आयोजनामा १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित आवश्यक निर्णयहरू गर्नुपर्ने उनको भनाइ थियो ...
। नेपालमा असारे विकास प्रवृत्ति रोक्ने नीति वर्तमान सरकारले सार्वजनिक गरेको छ । सडकका विकासे अड्डा भने धमाधम मनसुन सुरु भएपछि पहिरो रोकथाम गर्न भन्दै नयाँ ठेक्का आह्वान गरिरहेका छन् । सडक डिभिजन भरतपुरले एक साता अन्तरमा नारायणघाट–मुग्लिन सडकका दुई ठूला पहिरो रोकथामका लागि बोलपत्र आह्वान गरेको छ । गत शुक्रबार सडक डिभिजन भरतपुरले तुइन खोला तथा ...
। राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने कामलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले सरकारलाई १० पेज लामो नोट पठाएर संक्रमणकालीन न्यायको विषयलाई प्राथमिकतामा राखेर टुंगोमा पुर्‍याउनु भनेको हो । आयोगले गत शुक्रबार ‘सरकारले प्राथमिकता दिनुपर्ने मानव अधिकारका विषयहरू’ भनी सरकारलाई १० पेज लामो नोट पठाएको थियो । उक्त नोटमा संक्रमणकालीन न्यायको ...