मुख्य समाचार
प्रतिनिधिसभामा नेपाल सरकार र भारत सरकारबीच भएको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता पेस
प्रतिनिधिसभामा नेपाल सरकार र भारत सरकारबीच भएको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता पेस

। प्रतिनिधिसभामा नेपाल सरकार र भारत सरकारबीच भएको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता पेस भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पेस गरेकी हुन् ।

सम्झौता संसद्‌मा पेस गर्दै मन्त्री गौतमले यो सम्झौतापछि भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायत कार्यमा सहज हुने बताइन् ।

अपराधीलाई सजाय दिन र अपराधबाट कमाएको सम्पति फिर्ता ल्याउन सहज हुने बताएकी हुन् । यसले सम्पति शुद्धीकरणको कार्यमा समेत सहयोग पुर्‍याउने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वतन्त्र सांसद महावीर पुनले संसद्‍मा बोल्न ५ मिनेट दिइएकोमा असन्तुष्टि जनाएका छन् । सभामुख डोलप्रसाद अर्यालले उनलाई आज ५ मिनेटको समय दिएका थिए । त्यसपछि रोस्टमबाट सांसद पुनले भने, ‘म एक्लो माननीय भनेर हेला नगरियोस् । अरूले १०, १५, २०, ३० मिनेट पाउँदा मलाई ५ मिनेट नदिइयोस् ।’ पार्टीका सांसदभन्दा आफ्नो समर्थक धेरै रहेको उनले सभामुखलाई ...
। विदेशी नागरिक अनुगमन प्रणाली लागु भएको ५ महिनामा सवा १ लाख विदेशी पर्यटक अध्यागमन विभागको ट्र्याकिङमा आएका छन् । हालसम्म होटल, एजेन्सी, आन्तरिक वायुसेवा कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने १ हजार ५ सय ४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएको विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । तीमध्ये ९४ वटा होटलमात्र यस ...
। नेपाली कांग्रेसका संस्थापनइतर समूहले विराटनगरमा भेला आयोजना गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सूचना, सञ्चार तथा प्रचार विभाग संयोजक मीन विश्वकर्माको अगुवाइमा मंगलबार कोशी प्रदेशस्तरीय भेला भएको हो । निवर्तमान सभापति शेरबहादुर देउवानिकट समूहले पार्टीलाई एकताबद्ध बनाउन सुझाव संकलन गर्न भन्दै यो भेलाको आयोजना गरेका हुन् । जसमा डा. शेखर कोइराला समूहका ...
। नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले आफूहरू १५औँ महाधिवेशनको तयारीमा जुटिसकेको बताएका छन् । जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशनलाई आफूहरूले नमान्ने स्पष्ट पार्दै अब साझा एकताका लागि १४औँ महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर कार्यसमितिलाई संयुक्त गर्नुपर्ने बताए । संयुक्त कार्यसमितिको आयोजनामा १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित आवश्यक निर्णयहरू गर्नुपर्ने उनको भनाइ थियो ...
। नेपालमा असारे विकास प्रवृत्ति रोक्ने नीति वर्तमान सरकारले सार्वजनिक गरेको छ । सडकका विकासे अड्डा भने धमाधम मनसुन सुरु भएपछि पहिरो रोकथाम गर्न भन्दै नयाँ ठेक्का आह्वान गरिरहेका छन् । सडक डिभिजन भरतपुरले एक साता अन्तरमा नारायणघाट–मुग्लिन सडकका दुई ठूला पहिरो रोकथामका लागि बोलपत्र आह्वान गरेको छ । गत शुक्रबार सडक डिभिजन भरतपुरले तुइन खोला तथा ...