मुख्य समाचार
हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत
हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत

। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ ।

यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका अभिनेता स्मिथमाथि यौन उत्पीडन र बिनाकारण कामबाट निकालेको (रंगफुल टर्मिनेसन) आरोप लागेको थियो ।

स्मिथमाथि यी गम्भीर आरोप लगाउने व्यक्ति इलेक्ट्रिक भायोलिन वादक ब्रायन किंग जोसेफ हुन् । ‘अमेरिकाज गट ट्यालेन्ट’ को फाइनलिस्टका रूपमा पहिचान बनाएका जोसेफले सन् २०२५ को सांगीतिक भ्रमणका क्रममा स्मिथसँग काम गरेका थिए ।

उनले लास भेगास बसाइका क्रममा आफूमाथि अप्रिय घटना भएको र काम गर्ने वातावरण ’अत्यन्तै तनावपूर्ण’ रहेको दाबी गर्दै अदालतमा उजुरी दिएका थिए।

‘टीएमजी’ को रिपोर्ट अनुसार ३६ वर्षीय जोसेफले लास भेगासस्थित होटलको आफ्नो कोठामा कोही अज्ञात व्यक्ति प्रवेश गरी केही सामग्री छाडेको दाबी गरेका थिए । ती सामानमा वाइप्स, बियर र एचआईभीको औषधि समावेश भएको बताइएको थियो । उनले कोठामा ‘स्टोन एफ’ हस्ताक्षर भएको एउटा नोट समेत फेला परेको र त्यसमा ‘ब्रायन, म फेरि आउनेछु… हामी दुई मात्र’ भनी लेखिएको आरोप लगाएका थिए ।

जोसेफको कानुनी टोलीले उक्त घटनालाई उत्पीडनको पराकाष्ठा भएको तर्क गरेको थियो । तर, मे ५, २०२६ मा अदालतले दिएको आदेशमा यी आरोप क्यालिफोर्नियाको कानुन बमोजिम यौन दुव्र्यवहार पुष्टि गर्न आवश्यक कानुनी मापदण्डभित्र नपर्ने उल्लेख गरिएको छ ।

न्यायाधीशका अनुसार लगाइएका आरोपले यस्तो व्यवहार पुष्टि गर्न सकेनन् जुन ‘पर्याप्त रूपमा गम्भीर वा व्यापक’ होस् । अदालतको दस्ताबेजमा यो पनि उल्लेख छ कि जोसेफले आफ्ना व्यक्तिगत सामान र होटलको ‘कि–कार्ड’ एउटा ट्रान्सपोर्ट भ्यानमा छोडेका थिए, जुन धेरै घण्टासम्म टोलीका अन्य सदस्यको पहुँचमा थियो । यसले गर्दा कोठामा अरूको प्रवेशलाई नियतवश गरिएको दुव्र्यवहार मान्न पर्याप्त आधार भेटिएन ।

जोसेफले आफूले सुरक्षाकर्मी र व्यवस्थापनसमक्ष गुनासो गरेकै कारण कामबाट निकालिएको दाबी गरे पनि अदालतले त्यसलाई स्वीकार गरेन । उनलाई कामबाट निकालिनु र कथित घटनाबीच सीधा सम्बन्ध जोड्ने पर्याप्त प्रमाण नभएको भन्दै अदालतले दुव्र्यवहार र गलत निष्कासन दुवै दाबीलाई खारेज गरिदिएको छ ।

३६ वर्षीय ब्रायन किंग जोसेफ एक स्थापित संगीतकर्मी हुन् । ‘अमेरिकाज गट ट्यालेन्ट’ बाट चर्चामा आएका उनले स्नुप डग र असरजस्ता विश्वप्रसिद्ध कलाकारसँग पनि सहकार्य गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...