मुख्य समाचार
फिफा विश्वकप २०२६ का लागि युरोपेली राष्ट्र स्वीडेनले टोली घोषणा
फिफा विश्वकप २०२६ का लागि युरोपेली राष्ट्र स्वीडेनले टोली घोषणा

। जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ का लागि युरोपेली राष्ट्र स्वीडेनले टोली घोषणा गरेको छ ।

स्वीडेनले विश्वकपका लागि २६ सदस्यीय अन्तिम टोली नै घोषणा गरेको हो । प्रिमियर लिगका दुई स्टार भिक्टोर योकेरेस र अलेजान्डर इसाक स्वीडेनको मुख्य खेलाडीको रूपमा छन् ।

डेजान क्लुसेभ्स्की, रोनी बर्डघी, विलिओट स्विडवर्ग लगायत खेलाडी मुख्य प्रशिक्षक ग्राहम पोटरले घोषणा गरेको टोलीमा भने छैनन् ।

समूह एफमा रहेको स्वीडेनले नेदरल्यान्ड्स, जापान र ट्युनिसियासँग खेल्नेछ ।

स्वीडेनको टोली

गोलकिपर : भिक्टोर जोहानसोन, क्रिस्टोफर नोर्डफेल्ट्ड, ज्याकोब जेटेरस्ट्रोम
डिफेण्डर : हाल्मर एक्दाल, गाब्रिएल गुडमुन्डसोन, इसाक हिएन, एमिल होल्म, गुस्ताफ लागेरबिएलके, भिक्टोर लिन्डेलोफ, एरिक स्मिथ, कार्ल स्टारफेल्ट, एलिओट स्ट्रोउड, डानिएल स्भेन्सन
मिडफिल्डर : यासिन आयारी, लुकास बर्गभाल, जेस्पर कार्लस्ट्रोम, बेन्जामिन नाइग्रेन, केन सिमा, माथिएस स्भानबर्ग, बेसफोर्ट जेनेली
फरवार्ड : ताहा अली, अलेजान्डर बर्नहार्डसन, एन्थोनी एलाङ्गा, भिक्टोर योकेरेस, अलेजान्डर इसाक, गुस्ताफ निल्सन

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम