मुख्य समाचार
विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग
विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

। विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।

आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।

उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका छन् । संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । जहाँ भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा विधान संशोधन समिति गठन गरेको छ । आचार्य नेतृत्वको पाँच सदस्यीय समितिमा नेताहरु गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा.चन्दा कार्की र सुशान्त वैदिक सदस्य छन् । रास्वपाले असार ७ देखि ९ गतेसम्म प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ । चितवनमा हुने प्रथम महाधिवेशनका लागि सभापति रवि लामिछानेको नेतृत्वमा मूल ...
। जारी वसन्त ऋतुको हिमाल आरोहणका गतिविधिमा अहिलेसम्म ५ जनाको ज्यान गएको छ । पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रमा तीन र मकालु हिमाल क्षेत्रमा २ आरोहीको मृत्यु भएको हो । विभागका अनुसार २० वैशाखका दिन सगरमाथा आधार शिविर क्षेत्रमा माउन्टेन गाइड लाक्पा डेन्डी शेर्पाको निधन भएको छ । २७ वैशाखका दिन अर्का माउन्टेन गाइड विजय घिमिरेको ...
। रास्वपाले सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ । बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसको तयारीका लागि सभापतिको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी गराए । ‘सिंगो केन्द्रीय समिति आयोजक समिति ...
। नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन तथा सुरक्षित कारोबार ऐन अनुरूप धितो लिलाम गर्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई गैरकानुनी रूपमा पक्राउ गरेको खुलेको छ । स्मार्ट टेलिकम प्रालिले लामो समयदेखि ऋण भुक्तानी नगरेपछि एनआईएमबीले धितो कम्पनीका टावर तथा उपकरण लिलामीमा बिक्री गरी ४ अर्ब ६० करोड ...