। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा विधान संशोधन समिति गठन गरेको छ ।
आचार्य नेतृत्वको पाँच सदस्यीय समितिमा नेताहरु गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा.चन्दा कार्की र सुशान्त वैदिक सदस्य छन् ।
रास्वपाले असार ७ देखि ९ गतेसम्म प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ ।
चितवनमा हुने प्रथम महाधिवेशनका लागि सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
केन्द्रीय समिति बैठकले मूल आयोजक समिति र उपसमितिहरु गठन गरिएको केन्द्रीय सदस्य मेघ आलेले जानकारी गराए ।