मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग
प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग

। प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग गरेको छ ।

प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखको रुलिङ मागेका हुन् । ‘हजुर हाम्रो नायक पनि हो । तपाईंले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन,’ राईले भने, ‘त्यसैले सभामुख मार्फत तत्काल सम्माननीय ज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’

सरकारकै नीति तथा कार्यक्रम माथि छलफल भइरहेकाले प्रधानमन्त्रीको उपस्थिति यसअघि पनि माग राखिएको उनले सम्झिए । तर आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको बैठकमा पनि प्रधानमन्त्रीको अनुपस्थितिप्रति उनले असन्तुष्टि जनाए ।

‘हिजो बसेको प्रतिनिधिसभा बैठकमा हाम्रो दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता चासो राख्दै सदनमार्फत समस्त नेपाली नागरिकलाई जानकारी गराउन माग गर्नुभयो,’ राईले भने, ‘प्रधानमन्त्रीको उपस्थिति खोज्नुभयो । तर आज पनि अवस्था उस्तै छ । सदनमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वृहत्तर एकता र पुनर्जागरणका लागि बागमती प्रदेशस्तरीय भेला’ ले साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको हो । ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरका अनुसार झापा क्षेत्र नम्बर २ अर्जुनधाराका दिनेश पराजुली हात्तीको आक्रमणबाट घाइते भएका छन् । पराजुली अस्पतालमा उपपचारत रहेको उल्लेख गर्दै उनले झापा मात्रै नभएर तराइका बिभिन्न भेगहरूमा हात्तीको आक्रमणले गर्दा मानिसहरू आतंकित भइरहेको बताइन् । बुधबार प्रतिनिधिसभामा आकस्म्कि वसमयमा लिएर बोल्दै उनले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्नुपर्ने भन्दै ...
। न्यायाधीशहरूबारे राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको टिप्पणीमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सर्वोच्च अदालतको न्यायाधीश भएर ‘व्यापारिक घरानाका कार्यक्रममा जाने, दुई तिहाइको सरकारलाई ललकार्ने ?’ भन्दै प्रश्न गरेका थिए । त्यसपछि बुधबार कांग्रेसका सचेतक निश्कल राईले आपत्ति जनाएका हुन् । उनका अनुसार, संविधानमा न्यायाधीशहरूको विषयमा संसद्‌मा बहस ...
। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ५ स्थित वनरझुला गाउँका घरबाट हराइरहेकी महिला मृत भेटिएकी छन् । स्थानीय छोटु भनिने वीरेन्द्र रायकी पत्नी अनितादेवी राय सोही वडाको नौ किलोमिटर भन्ने ठाउँमा बुधबार मृत भेटिएकी हुन् । अनिताका पति वीरेन्द्र भने वैदेशिक रोजगारीमा छन् । कोशी नदी छेउमा अनिताको शव सडेगलेको अवस्थामा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर ...
। प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका छन् । संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । जहाँ भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा ...