मुख्य समाचार
कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष
कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष

। नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वृहत्तर एकता र पुनर्जागरणका लागि बागमती प्रदेशस्तरीय भेला’ ले साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।

‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्न सहमतिको साझा संयन्त्र निर्माण गर्नु अपरिहार्य छ,’ भेलाको ‘दृष्टिकोण र निष्कर्ष’ मा भनिएको छ ।

देउवा समूहले पार्टीको बृहत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

भेलाले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरिएको विषयमा उठेका प्रश्नहरूलाई ध्यानमा राख्दै उक्त निर्णयको कारण, प्रक्रिया र औचित्य पारदर्शी रूपमा स्पष्ट गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

‘पार्टीभित्रका कुनै पनि निर्णय संस्थागत प्रक्रिया, पारदर्शिता, राजनीतिक आवश्यकता र सामूहिक हितका आधारमा हुनुपर्नेमा जोड दिँदै देउवा समूहले प्रतिशोधको भावनाबाट प्रेरित देखिने निर्णयहरूले पार्टीको बृहत एकता, आपसी विश्वास र सहकार्यमा समस्या सिर्जना गर्न सक्नेतर्फ नेतृत्वलाई सचेत गराएको छ ।

भेलाले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई तदर्थवादमा अल्झाउने र कार्यसमितिहरू विघटन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने पन िमाग गरेको छ । ‘नियमित महाधिवेशनमार्फत लोकतान्त्रिक प्रक्रियाबाट वैधानिक नेतृत्व चयन गर्न तथा संगठनात्मक जीवनलाई चलायमान, लोकतान्त्रिक र प्रभावकारी बनाउन आवश्यक छ,’ भेलाको निष्कर्ष छ ।

देउवा समूहले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयबारे बिना पूर्वाग्रह निर्मम समीक्षा गर्नुपर्ने खाँचो पनि औंल्याएको छ । निर्वाचन पराजयको कारण निर्वाचनको मुखमा पार्टीको विशेष महाधिवेशन गरेर विभाजित मनस्थिति सिर्जना हुनु प्रमुख कारण भएको देउवा समूहको निष्कर्ष छ ।

‘तर, यो यथार्थलाई नजरअन्दाज गरेर जिल्लाजिल्लामा मन नपरेका कार्यकर्तालाई निर्वाचनमा असहयोग गरेको नाममा अनुशासनको कारबाही थालिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ देउवा समूहले भनेको छ, ‘पार्टीको वृहत्तर एकता र हितका लागि अनुशासनको कारबाही तुरुन्त रोकिनु पर्दछ ।’

भेलाले पार्टी सदस्यता अध्यावधिक गर्ने नाममा पहिलेनै टुंगो लागिसकेका सदस्यतालाई पुन: विवादित बनाउनु पाटीको हितमा हुन नसक्ने निष्कर्ष पनि निकालेको छ ।

देउवा समूहले विधान संशोधनका लागि पार्टीमा स्थापित पद्धति रहेको स्मरण गराउँदै मनोमानी ढंगले विधान संशोधन स्वीकार्य विषय हुन नसक्ने भनेको छ ।

समूहगत परामर्शबिना बिना प्रतिनिधित्वको नाममा केन्द्रीय कार्यसमितिमा गरिएको मनोनयनले पार्टीको वृहत एकताको वातावरण बिगार्ने काम गरेको भेलाको निष्कर्ष छ ।

‘यस्ता गतिविधि तत्काल रोक्दै संवाद, सहमति र सहकार्यका आधारमा पार्टीको वृहत एकता कायम गर्नु आजको आवश्यकता रहेको हाम्रो ठहर छ,’ भेलाको ‘दृष्टिकोण र निष्कर्ष’ जारी गर्दै देउवा समूहले भनेको छ ।

भेलाले सरकारका गतिविधिहरू निरंकुशतातर्फ उन्मुख लक्षणहरू देखिएको भन्दै सुकुमवासी तथा भूमिहीन नागरिकको दीर्घकालीन व्यवस्थापन नगरी डोजर चलाउने कार्य तत्काल रोक्न माग गरेको छ ।

सुकुमवासी तथा भूमिहीन नागरिकको समस्या स्पष्ट नीति, योजना र प्रभावकारी कार्यान्वयनका आधारमा समाधान गर्न सरकार गम्भीर हुनुपर्ने भेलाको निष्कर्ष छ । भेलाले विभिन्न क्षेत्रका स्थापित व्यक्तित्व तथा पार्टीका स्थापित नेतृत्वमाथि पर्याप्त कानुनी विधि–प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण गरिएको धरपकडप्रति आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफ्नै छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट एक वर्ष कैद सजाय पाएर फरार रहेका व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–३ का ६१ वर्षीय क्रोडी फ्रेन्च क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई पक्राउ गरेको हो । आफ्नै छोरीको कक्षा ११ र १२ उतीर्ण ...
। नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यातको अवरोध समाधान गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘चिया निर्यात ठप्प जस्तै भएको छ ।’ यसले किसान, श्रमिक, उद्योगी र देशकै अर्थतन्त्रमा प्रभाव पारेको भन्दै उनले थपेका छन्, ‘भारत सरकारसँग कुटनीतिक पहल गरियोस् । चिया निर्यातको अवरोध समाधान गरियोस् ।’ नेपालमा चिया उत्पादनको ...
। सगरमाथा चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । यससँगै जारी वसन्त ऋतुमा हुने सगरमाथा आरोहण खुला भएको छ । पर्यटन विभागका अनुसार सगरमाथा, ल्होत्से र नुप्से हिमशिखरको आरोहण मार्गमा पर्ने खुम्बु आइसफलको मार्ग सम्बन्धी व्यवस्थापकीय कामको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति र सो भन्दा माथि सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने कामको जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ ...
। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्न चाहनेले सदन सुरु हुनु अगावै सभामुखलाई सूचना दिनुपर्ने भएको छ । यसबारे सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाकै बैठकमा जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय सकेर सभामुख शून्य समयमा प्रवेश गर्न खोज्दै थिए । एक जना सांसदले उठेर बोल्म समय मागे । सभामुखले आकस्मिक समयमा बोल्न खोजेको हो भनेर सोधे ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरका अनुसार झापा क्षेत्र नम्बर २ अर्जुनधाराका दिनेश पराजुली हात्तीको आक्रमणबाट घाइते भएका छन् । पराजुली अस्पतालमा उपपचारत रहेको उल्लेख गर्दै उनले झापा मात्रै नभएर तराइका बिभिन्न भेगहरूमा हात्तीको आक्रमणले गर्दा मानिसहरू आतंकित भइरहेको बताइन् । बुधबार प्रतिनिधिसभामा आकस्म्कि वसमयमा लिएर बोल्दै उनले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्नुपर्ने भन्दै ...