मुख्य समाचार
एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइयो
एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइयो

। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन मंगलबार प्रतिनिधि सभाको रोस्टममा उभिएका बादलले थापाले रास्वपाको उदय, जेनजी आन्दोलनका क्रममा देखिएका दृष्य र नेपाली सेनाबारे प्रश्न उठाएका थिए । ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ?’ उनले भनेका थिए, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ?’

देशमा एक्लौटी शासन गर्ने योजनाबद्ध प्रक्रियामा रास्वपा रहेको तर्क गरेका थापाले नीति तथा कार्यक्रमले नसमेटेको टिप्पणी गर्दै थप भनेका थिए, ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ? असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ?’




रास्वपालाई ‘अराजक भीड’ भन्दै थापाको कडा अभिव्यक्तिप्रति रास्वपा सांसदहरुले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए । बुधबारको प्रतिनिधिसभा बैठकमा पनि सत्तारुढ रास्वपा सांसदहरुले थापाको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए । त्यसपछि सभामुख अर्यालले थापाको भनाइ संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् ।

सांसदहरुको आचरणबारे नियमावलीमा के छ ?

प्रतिनिधिसभा नियमावलीको नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमहरू छन् । जसलाई छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्दछ ।

जसअनुसार सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ ।

सभामुखले ‘पद अनुकूल आचरण गरेको छैन’ भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ ।

संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने विषय पनि छ ।

साथै, अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने प्रावधान छ ।

बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने विषय पनि नियमावलीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको मौलिकता र प्रविधिलाई जोडेर नयाँ आर्थिक मार्गचित्र गर्नुपर्ने धारणा अघि सारेकी छिन्। प्रतिनिधि सभाको शून्य समयमा सांसद अधिकारीले युवा पलायनका कारण रित्तिएका पहाड र मौन रहेका गाउँबस्तीको पीडादायी अवस्थाको अन्त्य गर्दै रेमिट्यान्सको भरमा मात्रै देश चलाउने सोचबाट माथि उठ्नुपर्ने बताएकी हुुन्। प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरूलाई ...
। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका तीन वटा शब्दहरू संसदीय रेकर्डबाट हटेको छ । उनले संसद्मा सम्बोधन गर्ने क्रममा असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट हटाइएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए । सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू सम्बद्ध निकायहरूमा रिक्त रहेका पदहरूको पदपूर्ति रोस्टरबाट गर्ने भएको छ । ती निकायमा नियुक्ति तथा मनोनयनका लागि विज्ञ तथा इच्छुक व्यक्तिहरूको ‘रोस्टर’ (सूची) तयार गर्ने भन्दै मन्त्रालयले सूचना जारी गरेको हो । योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत सूचीमा दर्ता हुन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता ...
। प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीले अवरोध राखेपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो । अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ मिनेटका लागि ...
। प्रतिपक्षी दलका सांसदलाई बाँडिएको प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको भएको पाइएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको खुलाए । बरालले भने, ‘यहीँबाट प्रकाशित भएको होला । हामीले पल्टाएर हेर्दा प्रतिनिधिसभाको नियमावली २१९ खाली छ । ब्ल्यांक छ । यसखालको लापरबाही भयो । पुनः प्राप्त गर्ने प्रबन्ध ...