मुख्य समाचार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले राजीनामा दिए
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले राजीनामा दिए

। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले राजीनामा दिएका छन् । खनालले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो जिम्मेवारीबाट अलग भएको बताएका हुन् ।

उनी कार्कीको विश्वासपात्र हुन् । राजीनामाको कारण भने खुलेको छैन । खनालले भने पार्टी राजनीतिमा सक्रिय हुन जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन् ।

हिक्मतकुमार कार्की पहिलो प्रदेशसभा निर्वाचनपछि प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । उनी कानुन मन्त्री हुँदा पनि खनाल सचिवालयमा नै थिए । कार्की मुख्यमन्त्री बनेपछि जनसम्पर्क सल्लाहकारको जिम्मेवारी खनालले पाएका थिए ।

खनालले आफ्नो कार्यकालका क्रममा सहयोग गर्नेप्रति आभार पनि व्यक्त गरेका छन् ।

एमाले सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीका विश्वासपात्र खनाल २०७४ सालदेखि उनको सचिवालयमा विभिन्न भूमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अदालतमा पेश भएको निवेदन दर्ता नगरेको भन्दै नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको छ । नेपाल बार एसोसिएशनले बुधबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि सर्वोच्चमा पेश भएका निवेदनहरू दरपीठ गर्ने, त्यसविरुद्ध परेका निवेदनहरू दर्ता गर्न अस्वीकार गर्ने काम भएको भन्दै बारले प्रश्न उठाएको हो । सर्वोच्च अदालत प्रशासनले कतिपय निवेदनहरुमा दर्ता र दरपीठ दुवै ...
। प्रधानमन्त्री बालेन शाह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे जवाफ दिन तयार भएपछि प्रतिनिधिसभा बैठक अघि बढेको छ । बुधबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए । विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेर छलफल गरेका थिए । सो छलफलको क्रममा प्रधानमन्त्री जवाफ दिन आउने छलफल भएपछि ...
। सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागबमोजिम जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी गराएका हुन् । ‘आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्न कुरा छ । त्यसकारण आज ...
। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरेका छन् । बागमती प्रदेशस्तरीय विशेष भेलालाई बुधबार सम्बोधन गर्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् । नेता सिंहले पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप पनि लगाए ...
। कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ । १५ शय्याको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न नसक्दा विवाद बढेपछि लम्की क्षेत्रमा तनाव भएको हो । प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि पठाएका मेडिकल सुपरिटेन्डेन्ट डाक्टरसहितका कर्मचारीलाई हाजिर गर्न नदिएको भन्दै मेयर सुशीला शाहीविरुद्ध स्थानीय आन्दोलित भएका छन् । अस्पताल सञ्चालन गर्न दिनुपर्ने माग ...