मुख्य समाचार
एक सातादेखि अवरुद्ध राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आजदेखि सञ्चालनमा
एक सातादेखि अवरुद्ध राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आजदेखि सञ्चालनमा

। एक सातादेखि अवरुद्ध राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आजदेखि सञ्चालनमा आएको छ ।

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) मा केही प्राविधिक समस्या देखिए पछि उक्त सेवा २१ वैशाखदेखि अवरुद्ध भएको थियो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विज्ञप्ति जारी गर्दै परिचयपत्र सम्बन्धी सेवा सञ्चालनमा आएको जनाएको छ ।

एनआईडीएमआईएसमा आएको प्राविधिक समस्या हल गरिएसँगै सेवा सञ्चालनमा आएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्लाहीको मलंगवा नगरपालिकाले चार करोड बढी लागतमा निर्माण गरेको सुविधासम्पन्न भवन प्रयोगविहीन बनेको छ । नगरपालिकाको कार्यालय सार्ने उद्देश्यले शिक्षा विकास इकाइ र सन्त अल्पमाई सीटीईभीटी अगाडि निर्माण गरिएको तीनतले भवन निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाका अनुसार भवन निर्माण कार्य २०८० सालमै सम्पन्न भएको हो । अत्यधिक ...
। नेकपा एमालेका सांसद क्षितिज थेबेले प्रतिनिधिसभामा ताप्लेजुङ डायरी सुनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले ताप्लेजुङ डायरी प्रस्तुत गरेका हुन् । ताप्लेजुङ डायरी ताप्लेजुङका जनताप्रति हासिर्दन नमन तथा कृतज्ञता प्रकट गर्दछु । के गर्ने, के नगर्ने उकुसमुकुस भएको छु । हावाहुरीले स्कुलका छाना र घरहरू उडाएर लगेको छ । असिनाले बालीनाली सखाप, जनता आघात, जनता मारमा छन् । आजसम्म राहत छैन । यता हेर्‍यो ...
। सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्यलय घेराउ गरेका हुन् । देउराली सहकारीसहित अन्य सहकारी पीडतहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन् । सहकारी पीडितहरूले बाग्मति प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न ...
। सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठ्का प्रश्नको जवाफ दिने दिन तोकेका छन् । ‘सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ ...
। कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिनमा पाँच जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अस्पतालको रकम हिनमिना गर्ने अस्पतालका मेसु सहित नेपाल बैंक लिमिटेडका कर्मचारीलाई प्रकाउ गरेको हो । आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटाको आर्थिक कारोबारमा अनियमितता भएको उजुरीपछि अनुसन्धान गर्दा सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबाट संकलित ...