मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको
प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको

। नेकपा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको बताएकी छिन् ।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरिरहेको टिप्पणी गरिन् ।

‘प्रधानमन्त्रीले यो संसद्लाई जसरी बेवास्ता गरिरहनुभएको छ, जसरी संसद्प्रतिको उत्तरदायित्वलाई केही होइन भनिरहनुभएको छ,’ अर्यालले भनिन्, ‘त्यसैले उहाँलाई सबक सिकाउनुपर्ने पनि छ । तपाईंको जिम्मेवारी के हो भनेर पढाउनुपर्ने पनि छ । त्यो हिसाबले हामीले बोलाएको हो ।’

साथै, उनले प्रधानमन्त्री शाह जवाफ दिनका लागि आउने ग्यारेन्टी नभइ संसद्मा टेबुल गर्न नदिने बताइन् ।
‘हामी प्रष्टताका साथ यद्यपि उहाँ पेश गर्ने समयमा आउनुपर्ने हो । आउनै नसक्ने स्थिति हो र वारेस अर्थमन्त्रीलाई बोलाइएको हो भने जवाफ दिने बेलामा उहाँ अनिवार्य उपस्थित हुनैपर्छ । तर ग्यारेन्टी हुनुपर्छ,’ उनले भनिन्, ‘उहाँ आउनसक्नुहुन्छ धेरै राम्रो, आउन सक्नु हुन्न वारेसबाट टेबुल भए पनि उहाँ जवाफ दिन आउने कुराको सुनिश्चितता नभइ हामीले टेबुल गर्न दिँदैनौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । यहाँ रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक भारतको बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत ढेग निवासी अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । ...
। राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्‍याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’ यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ...
। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय मार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यस्तै उपभोक्ताका तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त ...
। सर्लाहीको मलंगवा नगरपालिकाले चार करोड बढी लागतमा निर्माण गरेको सुविधासम्पन्न भवन प्रयोगविहीन बनेको छ । नगरपालिकाको कार्यालय सार्ने उद्देश्यले शिक्षा विकास इकाइ र सन्त अल्पमाई सीटीईभीटी अगाडि निर्माण गरिएको तीनतले भवन निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाका अनुसार भवन निर्माण कार्य २०८० सालमै सम्पन्न भएको हो । अत्यधिक ...
। एक सातादेखि अवरुद्ध राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आजदेखि सञ्चालनमा आएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) मा केही प्राविधिक समस्या देखिए पछि उक्त सेवा २१ वैशाखदेखि अवरुद्ध भएको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विज्ञप्ति जारी गर्दै परिचयपत्र सम्बन्धी सेवा सञ्चालनमा आएको जनाएको छ । एनआईडीएमआईएसमा आएको प्राविधिक समस्या हल गरिएसँगै सेवा सञ्चालनमा ...