मुख्य समाचार
नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु
नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु

। नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ । अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउसले क्रस–बोर्डर क्यूआर भुक्तानीको थालनी गरेका हुन् ।

श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा क्रस–बोर्डर भुक्तानी सुरुवातको घोषणा गरिएको छ। उक्त व्यवस्थापछि श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुले कनेक्ट आईपीएस वा अन्य मोबाइल बैंकिङ एप मार्फत श्रीलंकामा रहेका ४ लाखभन्दा बढी लंका क्यूआर मर्चेन्टमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।

दक्षिण एसियाली देशबीचको डिजिटल भुक्तानीमा क्षेत्रीय अन्तरआबद्धताको लागि यो एक महत्त्वपूर्ण कोशेढुंगा हुने नेपाल क्लियरिङ हाउसले जनाएको छ । ‘यसले सुरक्षित, रियल टाइम तथा अन्तरआबद्ध माध्यमहरू प्रदान गर्दै दुई देशबीच भुक्तानी इकोसिस्टमलाई थप सुदृढ बनाउने छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

हाल थालनी गरिएको यस क्रस बोर्डर भुक्तानीको व्यवस्थाले पर्यटक र व्यापारिक भ्रमणको अनुभवलाई सहज, सुरक्षित र नगदरहित भुक्तानीको विकल्प प्रदान गरेर थप सहयोग पुर्‍याउने क्लियरिङ हाउसको भनाइ छ ।

अब नेपाली प्रयोगकर्ताले नेपालका हाल सहभागी डिजिटल भुक्तानी एपमार्फत श्रीलंकामा लंका क्यूआर स्क्यान गरी रियल टाइम भुक्तानी गर्न सक्ने छन् । यस्ता भुक्तानी राष्ट्रियस्तरका सुरक्षित प्रणाली मार्फत हुने भएकाले सुरक्षितका साथै सहज हुने छ ।

यो सेवा प्रारम्भिक चरणमा लक्ष्मी सनराइज बैंकले सुरू गरेको छ, जस अनुसार लक्ष्मी सनराइज बैंकद्वारा जारी गरिएका डलर कार्ड तथा उपकरण कनेक्ट आईपीएस एपसँग लिंक गरी श्रीलंकामा क्यूआर भुक्तानी गर्न सकिनेछ । आगामी दिनमा अन्य मोबाइल बैंकिङ एपमा पनि यो सुविधा थप हुनेछ । जसले श्रीलंका यात्राका क्रममा आवश्यक भुक्तानीलाई सहजीकरण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम