मुख्य समाचार
४० वर्षमा एसईई दिएका वडाध्यक्ष ३.२० जीपीए ल्याएर उत्तीर्ण
४० वर्षमा एसईई दिएका वडाध्यक्ष ३.२० जीपीए ल्याएर उत्तीर्ण

— पढाइलाई उमेरले छेक्दैन भन्ने उखानलाई प्रमाणित गर्दै ४० वर्षको उमेरमा एसईई परीक्षा दिएका सल्यानको दार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुदीप केसी ३.२० जीपीए ल्याएर उत्तीर्ण भएका छन् । केसीले दार्माकोटस्थित नेपाल राष्ट्रिय मावि परीक्षा केन्द्रबाट गत चैतमा एसईई परीक्षा दिएका थिए ।

घरमै बसेर पढी ३.२० जीपीए ल्याएर उत्तीर्ण भएपछि आफ्नो पढ्ने चाहना पूरा हुने भन्दै वडाध्यक्ष खुसी भएका छन् । उनले जिल्लामै बसेर ११/१२ पढ्ने तयारी गरिसकेका छन् । केसी २०७४ मा वडा सदस्य हुँदै २०७९ मा वडाध्यक्ष भएका थिए । २०६२ सालमा कक्षा १० मा पढ्दै गर्दा टेस्ट परीक्षा दिएलगत्तै स्थानीय युवाको लहैलहैमा लागेर कमाइ गर्न भारतका विभिन्न स्थानमा गएको र पारिवारिक जिम्मेवारीले विभिन्न किसिमका काममा भुल्दा एसएलसी परीक्षा दिन नपाएको उनले बताए । पढाइ छुटेको २० वर्षपछि अहिले उनले एसईई परीक्षा दिएका थिए ।

उनी भन्छन्, ‘त्यतिबेला पढ्नेतर्फ युवाले खासै रुचि राख्दैनथे । १४ वर्ष पुगेपछि प्रायः सबै कमाउनका लागि भारतका विभिन्न ठाउँमा जान्थे । टेस्ट परीक्षा दिएर म पनि साथीसँग लागेर भारतको पौडी गडवाल गएँ । त्यहाँ चार वर्ष काम गरेर २०६६ मा घर फर्किएँ ।'

घरमा त्यत्तिकै बस्नु भन्दा केही गर्नुपर्छ भने मनसायले लगत्तै वैदेशिक रोजगारीका लागि मलेसिया गए । त्यहाँ चार वर्ष बिताए । मलेसियाबाट कमाइ ल्याएको रकमले जेसीवी किनेर चलाए । पैसा कसरी कमाउने भन्ने सोचमै विभिन्न काममा अल्मलिए । 'पढ्नु पर्छ भन्नेतर्फ ध्यानै गएन,' उनले भने ।

संघीयतापश्चात् राजनीतिमा प्रवेश गरेर २०७४ मा वडा सदस्य भए । २०७९ मा वडाध्यक्षमा निर्वाचित भए । वडा कार्यालयमा काम गर्दै जाने क्रममा र विभिन्न ठूला ब्यक्तिसँग भेटघाट बढ्दै गएपछि पढ्नु पर्छ, पढाइजत्तिको अरू केही छैन, राजनीति गर्नलाई पढाइ अति आवश्यक छ भन्ने चेत आयो । 'वडाकै विद्यालयमा कक्षा १० मा भर्ना भई एसईई परीक्षा दिएँ । आफ्नो लगन र मिहिनेतले पहिलो पटकमै सफल भएँ,’ उनले भने ।

एसईई परीक्षामा राम्रै अंक ल्याएर उत्तीर्ण भएपछि हौसिएका वडाध्यक्ष केसीले आफ्नो काम प्रभावित नहुने गरी पढाइलाई निरन्तरता दिदै प्लस टू भर्ना हुने तयारी गरेको जानकारी गराए । ‘वडाध्यक्ष भइरहेकाले बाहिर जान गाह्रो हुन्छ । वडाबासीको काममा खटिनु पर्छ । त्यही भएर आफ्नै पालिकामा रहेको विद्यालयमा प्लस टूमा भर्ना हुन्छु,’ उनले भने, ‘पढाइजत्तिको ठूलो केही छैन । पछिल्लो समयमा पढाइबिनाको राजनीति काम छैन । त्यसैले पढ्न आवश्यक देखेको छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउनेसक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ...
: प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो। प्रधानमन्त्री सचिवालयका अनुसार सरकारले ...
: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा आयोजित सो पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको कांग्रेस नेता डा ...
: नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन्। समितिको संयोजक तारामान गुरूङ रहेका छन्। सदस्यमा धना खतिवडा,रमेशप्रसाद धमला र बजरंग नेपाली चयन भएका छन्।
: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने ...