मुख्य समाचार
आगामी दिनमा प्रधानमन्त्री वा कोहि पनि सांसदहरूलाई उपस्थित गराउने कुनै आधार र अधिकार आफूले नदेखेको बताए
आगामी दिनमा प्रधानमन्त्री वा कोहि पनि सांसदहरूलाई उपस्थित गराउने कुनै आधार र अधिकार आफूले नदेखेको बताए

: सभामुख डोल प्रसाद अर्यालले आगामी दिनमा प्रधानमन्त्री वा कोहि पनि सांसदहरूलाई उपस्थित गराउने कुनै आधार र अधिकार आफूले नदेखेको बताएका छन्।

प्रधानमन्त्रीको उपस्थीति माग गर्दै विपक्षी दलले सदन अवरुद्ध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने विषयमा आफूले छलफल मात्र गर्न सक्ने भन्दै आगामी दिनमा कसैलाई पनि उपस्थीति गराउने मिति तोक्ने अधिकार आफूसँग नभएको बताए।

सांसदहरूको माग अनुसार आफूले प्रधानमन्त्रीसँग छलफल गर्ने र छलफलका निष्कर्ष बैठकलाई सुनाउने उनले प्रतिवद्धता जनाए।



सभामुख अर्यालले जबरजस्ती सदन चलाउनको लागि बैठकमा बस्नुस भनेर आफूले नभनेको तर जनता र देश निर्माणको मुद्दामा सहमतिका साथ सदनलाई अघि बढाउन आग्रह मात्रै गरेको धारणा राखे। प्रधानमन्त्रीसँग सम्वाद गर्ने प्रतिवद्धता जनाएपछि विपक्षी दलका सांसदहरूले निरन्तर सदन अवरुद्ध गरेका थिए ।

कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको अडान कायम राखे। विपक्षीको विरोधका कारण सभामुख अर्यालले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउनेसक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ...
: प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो। प्रधानमन्त्री सचिवालयका अनुसार सरकारले ...
: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा आयोजित सो पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको कांग्रेस नेता डा ...
: नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन्। समितिको संयोजक तारामान गुरूङ रहेका छन्। सदस्यमा धना खतिवडा,रमेशप्रसाद धमला र बजरंग नेपाली चयन भएका छन्।
: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने ...