मुख्य समाचार
सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि सांसद तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले खुसी व्यक्त
सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि सांसद तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले खुसी व्यक्त

। सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि सांसद तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले खुसी व्यक्त गरेका छन् ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्य रहेका पुनले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय अलग्गै बनाउन आग्रह गर्दै आएका थिए । प्रतिनिधिसभाका पछिल्ला बैठकमा समेत उनले यो माग उठाइरहेका थिए ।

आफूले लामो समयदेखिको उठाउँदै आएको माग सरकारले पूरा गरेको भन्दै पूर्वशिक्षामन्त्री समेत रहेका उनले सरकारलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पुनले सरकारको निर्णयको स्वागत गरेका हुन्। ‘नेपाल सरकारलाई धेरै–धेरै धन्यवाद तथा दीर्घायुको कामना गर्दछु,’ सांसद पुनले लेखेका छन्।’

तीन साताअघि बुझाएका थिए लिखित माग

सांसद पुनले गत ८ वैशाखमा प्रधानमन्त्रीलाई पत्र लेख्दै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग राखेका थिए।

प्रधानमन्त्रीलाई बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा उनले पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्मका कुनै पनि शासक, सरकार र नेताहरूले विज्ञान प्रविधि तथा अनुसन्धानलाई प्राथमिकता नदिँदा देश आर्थिक रूपमा अत्यन्त गरिब भएको उल्लेख गरेका थिए ।

विज्ञान र अनुसन्धानको अभावमा आम जनताले उपभोग गर्ने सानोभन्दा सानो वस्तु पनि नेपालमा उत्पादन हुन नसकेको र सबैजसो उपभोग्य वस्तु विदेशबाट आयात गर्नुपर्दा व्यापार घाटा चरम बिन्दुमा पुगेको पुनको दाबी छ ।

साथै, प्रतिभाशाली, सृजनशील र नवीन सोच भएका अधिकांश युवाहरू देशले गुमाइरहेको, जसका कारण स्वदेशमा उद्यमीहरू जन्मन नसकेको र रोजगारीको सिर्जना पटक्कै हुन नसकेको पनि उनले पत्रमा उल्लेख गरेका थिए ।

आफूले विगत ३३ वर्षदेखि नेपालमा बसेर समाजसेवा गर्दाको अनुभवका आधारमा एउटा शक्तिशाली मन्त्रालयको अति नै ठूलो आवश्यकता देखेर यो माग गरेको पुनले पत्रमा स्पष्ट पारेका थिए।

छुट्टै मन्त्रालय गठनको माग पूरा भएसँगै पुनले अब उक्त मन्त्रालयलाई कसरी परिणाममुखी बनाउने भन्नेबारे वैज्ञानिक र अनुसन्धानकर्तालाई छलफलमा आउन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वतन्त्र सांसद महावीर पुनले सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको नाममा ‘अनुसन्धान’ शब्द थप गर्न सुझाव दिएका छन् । सरकारको पछिल्लो निर्णयप्रति खुसी व्यक्त गर्दै पुनले नीति तथा कार्यक्रममा अनुसन्धान र विकासका लागि पर्याप्त बजेटको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । पुनले प्रस्तावित मन्त्रालयको नाम ‘विज्ञान, प्रविधि, अनुसन्धान तथा ...
। कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १२३ किलोमिटर सडक कालोपत्र हुने भएको छ। १२३ किलोमिटर दुरी सडकको ट्र्याक निर्माण भएसँगै अब कालोपत्र सडक स्तरोन्नतिका लागि बहुवर्षीय ठेक्का सहमति भएको कर्णाली करिडोर बाजुराले जनाएको छ। खुलालुदेखि कोट १३ किलोमिटर, भुक्काखोलादेखि बाजुरा पिलुचौरसम्म १५ किलोमिटर र हुम्लाको तुम्चदेखि सल्लीसल्लासम्म १३ किलोमिटर सडक कालोपत्र गर्न ३ अर्ब १५ ...
। तत्कालीन दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमको लिलामी उपकरणका कागजात प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको छ। लिलामीका उपकरण सकारेको एनसेललाई पत्र लेखेर सीआईबीले ती कागजात माग गरेको थियो । सोबमोजिम एनसेलले कागजात उपलब्ध गराएको स्रोतले जनाएको छ । ‘जिम्मेवार कर्पोरेट संस्थाको रूपमा एनसेलले सीआईबीबाट माग भएबमोजिमका लिलामी उपकरणका कागजात बुझाएको छ’ स्रोतले भन्यो ‘यसले प्रहरीको अनुसन्धानलाई ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित रहेको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण गराएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री हुने बताए । संसद्लाई मर्यादित र व्यवस्थित बनाउने तथा कसरी ...
। फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना र केपप समूह बीटीएसले मुख्य प्रस्तुति दिने भएका छन् । आगामी जुन १२ देखि सुरु हुने फिफा विश्वकप फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ । कार्यक्रमको क्युरेटर कोल्डप्लेका क्रिस मार्टिन हुनेछन् भने यो शो ग्लोबल सिटिजेन ...