। धनुषा घर भएका एक जना टिकटकर आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको गणेशमानचारनाथ नगरपालिका-८ का २३ वर्षीय अमितकुमार यादव छन् ।
उनलाई वैशाख २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिए ।
तिलाठी कोइलाडी वडा नम्बर ४ की मनिषा कुमारी मण्डललाई अमित कुमार यादव समेतले टिकटक लाइभमा बसी अश्लिल गाली गलौज गरेको आरोप छ ।
सो घटनापछि मनिषाले विषाधी सेवन गरेको र विराटनगर शिक्षण अस्पतालमा उपचारको क्रममा चैत १४ गते मृत्यु भएको थियो ।
सो घटनापछि अमितकुमारविरुद्ध चन्दनकुमार मण्डल धानुकले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा यादवलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक पुरीका अनुसार अमितकुमारमाथि अनुसन्धान जारी छ । यसअघि पनि धनुषा प्रहरीले टिकटकमा आपत्तिजनक सामग्री राखेको भन्दै यादवलाई पक्राउ गरेको थियो ।
पछिल्लो समय उनले न्यु स्टार आईडीमार्फत् महिलाहरूलाई लक्षित गर्दै गालीगलौज, अश्लिल भाषा प्रयोग गर्दै भिडियोहरू बनाउँदै आएका थिए ।