मुख्य समाचार
ताइवान मामिलामा प्रवेश नगर्न ट्रम्पलाई सीको चेतावनी
ताइवान मामिलामा प्रवेश नगर्न ट्रम्पलाई सीको चेतावनी

: चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको विषयमा अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले अमेरिकाले ताइवान मामिलामा चीनको ‘रेड लाइन’ ननाघ्न चेतावनी दिए। ताइवान मामिलामा प्रवेश गरे चीन-अमेरिका सम्बन्ध खतरनाक मोडमा पुग्नसक्ने उनको भनाइ छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सीबीच भएको वार्तामा दुवै नेताले सम्बन्धलाई 'रचनात्मक, रणनीतिक र स्थिर' बनाउने सहमति जनाएका थिए। ट्रम्पले सीलाई 'साथी'समेत भनेका थिए। तर, सहकार्य र सम्बन्ध सुधारका कुरा भइरहँदा ताइवानबारे सीको चेतावनी सबैभन्दा महत्वपूर्ण सन्देशका रूपमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

चिनियाँ विदेश मन्त्रालयका अनुसार सीले ताइवानको विषय गलत तरिकाले 'ह्यान्डल' भए अमेरिका र चीनबीचको सम्बन्ध द्वन्द्वसम्म पुग्नसक्ने बताएका थिए। यस्तो अवस्था आए चीन-अमेरिका सम्बन्ध नै खतरनाक दिशामा धकेलिन सक्ने चेतावनी दिइएको सीएनएनमा उल्लेख छ।



चीनले ताइवानलाई आफ्नो सार्वभौम भूभाग मान्दै आएको छ, यद्यपि उसले कहिल्यै ताइवानमाथि शासन गरेको छैन। २ करोड ३० लाख जनसंख्या रहेको ताइवान अहिले स्वशासित लोकतान्त्रिक टापुका रूपमा सञ्चालन हुँदै आएको छ।

अन्तर्राष्ट्रिय संकट समूहका वरिष्ठ विश्लेषक विलियम याङका अनुसार सीले ट्रम्पलाई ताइवान नै चीन-अमेरिका सम्बन्ध 'बनाउने वा बिगार्ने' विषय भएको स्पष्ट सन्देश दिन खोजेका हुन्। उनले ट्रम्पलाई 'अत्यन्त सावधानी' अपनाउन दिएको सुझावलाई सामान्य रूपमा लिन नहुने बताएका छन्।

यद्यपि ह्वाइट हाउसले सार्वजनिक गरेको वार्ता विवरणमा ताइवानबारे कुनै उल्लेख नगरिएकाले दुवै नेताबीच यस विषयमा ठोस सहमति नभएको संकेत मिलेको विश्लेषण गरिएको छ।

अमेरिकाले ‘वन चाइना’ नीतिअन्तर्गत ताइवान चीनको हिस्सा भन्ने बेइजिङको धारणा स्वीकार गरे पनि औपचारिक रूपमा चीनको दाबीलाई मान्यता दिएको छैन। अमेरिका ताइवानसँग अनौपचारिक सम्बन्धमा सक्रिय रहँदै आएको छ र ताइवानलाई आत्मरक्षाका लागि हतियार उपलब्ध गराउने कानुनी दायित्व पनि उसँग छ।

यसअघि पनि गत जुनमा ट्रम्पसँगको टेलिफोन वार्तामा सीले ताइवान स्वतन्त्रताको पक्षमा रहेका समूहहरूले अमेरिका र चीनलाई द्वन्द्वतर्फ धकेल्न सक्ने भन्दै अमेरिकालाई सावधानी अपनाउन आग्रह गरेका थिए।

ट्रम्प प्रशासनले ताइवानबारे मिश्रित संकेत दिँदै आएको छ। एकातिर अमेरिकाले ताइवानको भूराजनीतिक र आर्थिक महत्वलाई जोड दिएको छ भने अर्कोतर्फ केही नीतिगत भाषामा नरम रुख अपनाएको देखिन्छ।

गत फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले आफ्नो वेबसाइटबाट 'हामी ताइवान स्वतन्त्रतालाई समर्थन गर्दैनौं' भन्ने पुरानो वाक्य हटाएपछि चीनले त्यसप्रति कडा आपत्ति जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...