मुख्य समाचार
‘लभ अफेयर’ को आशंकामा श्रीमतीको हत्या : झाडीमा शव फालेर, प्रहरीमा उजुरी
‘लभ अफेयर’ को आशंकामा श्रीमतीको हत्या : झाडीमा शव फालेर, प्रहरीमा उजुरी

: ‘शंकाले लङ्का जलाउँछ’ भन्ने उखान नेपाली समाजमा धेरै प्रयोग हुन्छ । अनावश्यक शंकाले परिवारलाई मात्र भताभुङ्ग भएका बनाउँदैन आपराधिक घटनाहरु समेत सिर्जना गराउँछन् । भारत उत्तर प्रदेशको लखनऊमा यस्तै एक हृदयविदारक घटना घटेको छ ।

बुधबार राति प्रेम सम्बन्धको शंकामा पतिले आफ्नी श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । त्यसपछि उनले शव ई–रिक्शामा राखेर इन्दिरा नहर किनारको झाडीमा फालेर घर फर्किएर सुतिसकेका थिए । यतिसम्म कि भोलिपल्ट उनले हराएको भन्दै थानामा उजुरी दर्ता गराउन पनि पुगे । तर प्रहरीको सोधपुछमा उनमाथि शंका जाग्यो । कडाइका साथ सोधपुछ गर्दा उनले सबै कुरा स्वीकार गरे । अहिले प्रहरीले उनलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइरहेको छ ।

यो घटना चिनहट क्षेत्रको हो । बाराबंकीको रुदौली शफीनगरका मूल निवासी अल्ताफ उर्फ कल्लु आफ्नी ३० वर्षीया श्रीमती यास्मीन र दुई बच्चासँग रामलीला मैदान नजिकै बस्दै आएका थिए । उनी एक निजी कम्पनीमा काम गर्थे । बुधबार राति बाहिरी प्रेम सम्बन्धको आशंकामा श्रीमान–श्रीमतीबीच विवाद भयो । सोही क्रममा उनले यास्मीनको घाँटी थिचेर हत्या गरे । त्यसपछि उनले शवलाई बोरा (झोला जस्तो सामग्री) मा राखे र ई–रिक्शामा हालेर बीबीडी क्षेत्रस्थित इन्दिरा नहर नजिक पु¥याए । त्यहाँ झाडीमा फालेर उनी घर फर्किए ।



घटनापछि बिहीबार उनी चिनहट थानामा श्रीमती हराएको भन्दै उजुरी गर्न पुगे । प्रहरीले सोधपुछ गर्दा उनी प्रश्न–उत्तरमा फस्न थाले । कडाइका साथ सोधपुछ गर्दा उनले सबै कुरा स्वीकार गरे र हत्या गरेको कबुल गरे । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनास्थलबाट शव बरामद ग¥यो। इन्स्पेक्टर दिनेश चन्द्र मिश्रका अनुसार आरोपितमाथि सोधपुछ जारी छ र शव पोस्टमार्टमका लागि पठाइएको छ । यास्मीनका परिवारले हालसम्म उजुरी दिएका छैनन् । उजुरी आएपछि मुद्दा दर्ता गरी कारबाही अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ,महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। समितिलाई आगामी कार्यसमितिको बैठकमा पेश गर्नेगरी ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीबीच प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको विषयलाई लिएर राजनीतिक मतभेद देखिएको छ । सांसद राईले प्रधानमन्त्रीको राजीनामा माग गर्दै विज्ञप्ति जारी गरेपछि सांसद शाहीले त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा एक स्टाटस जारी गरेका छन् । ...
: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन ...
: देशका २६५ स्थानीय तहले साढे ६३ करोड रुपैयाँभन्दा बढी रकम वितरणमा नै सकेका छन्। महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार स्थानीय तहले ग्यास, साइकल, स्वास्थ्य बिमा शुल्क, विद्युत महशुल भुक्तानी, ह्याण्ड पम्प, साडी, कम्बललगायत सामान वितरण गरेर ६२ करोड ५० लाख ९० हजार खर्च गरेका हुन्। महालेखाले यस्ता खर्च नियन्त्रण गर्न सुझाव दिएको छ। ...
: नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा दाजुभाइको हत्या गरेर फरार व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरु विदुरस्थित प्रहरी हिरासतमा र शव त्रिशुली अस्पतालमा राखिएको छ । म्यागङ गाउँपालिका–१ किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको स्थानीय तोमजोङ खोलामा हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना दाजुभाइको शव फेला परेको थियो । म्यागङ गापा–१ किम्ताङबेशीमा म्यागङ–४ ...