मुख्य समाचार
फिफा विश्वकप फुटबल हेर्न अमेरिका आउने समर्थकले भिसा वापतको धरौटी रकम राख्न नपर्ने
फिफा विश्वकप फुटबल हेर्न अमेरिका आउने समर्थकले भिसा वापतको धरौटी रकम राख्न नपर्ने

: आगामी जुन ११ बाट सुरु हुन लागेको फिफा विश्वकप फुटबल हेर्न अमेरिका आउने समर्थकले भिसा वापतको धरौटी रकम राख्न नपर्ने भएको छ। यसअघि अमेरिका भ्रमणमा आउँदा १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने प्रावधान फिफा विश्वकप हेर्न आउने विभिन्न देशका समर्थकका लागि हटाइएको अमेरिकी विदेश विभागले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही समयअघि कडाइका साथ लागु गरेको अमेरिका प्रवेश गर्दा धरौटी रकम राख्नुपर्ने प्रावधानलाई विश्वकपका लागि खुकुलो बनाइएको हो।

अन्तर्राष्ट्रिय सञ्चार संस्था एसोसिएट प्रेसका अनुसार मुख्यतः विश्वकपमा सहभागी राष्ट्रका टिकट खरिद गरेका विदेशी समर्थकले अमेरिकामा प्रवेश गर्न भिसासँग जोडिएको धरौटी रकम तिर्नु नपर्ने व्यवस्था गरिएको छ। ट्रम्प प्रशासनले विश्वकपमा सहभागी ४८ राष्ट्रसँगै अन्य केही राष्ट्रका फुटबल समर्थकले धरौटी रकम बुझाउनु नपर्ने व्यवस्था गर्न लागेको हो। तर, त्यसका लागि समर्थकसँग बैध टिकट हुनु अत्यावश्यक रहेको जनाइएको छ। ‘विश्वकप फुटबलको बैध टिकट खरिद गरेका समर्थकका लागि धरौटी रकम राख्न नपर्ने व्यवस्था गर्दैछौं’, अमेरिकी कन्सुलर विभागका सहायक विदेश सचिव मोरा नामदारले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग भनेका छन्।

भिसा अवधि सकेर पनि अवैध रुपमा बस्ने जोखिम बढी भएका देशका नागरिकका लागि अमेरिकाले पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने नियम लागु गरेको थियो। सुरुमा यो नियम ५० देशका यात्रुका लागि लागु गरिएको थियो। अमेरिकी विदेश विभागका अनुसार ५० राष्ट्रमध्ये विश्वकपमा छनोट भइसकेका अल्जेरिया, केप भर्डे, आइभरी कोस्ट, सेनेगल र ट्युनिसियाका समर्थकका लागि भने यो नियम हटाइएको छ। फिफाबाट टिकट खरिद गरेका यी देशका नागरिकले धरौटी तिर्नु नपर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी विदेश विभागले इरान र हैटीका फुटबल समर्थकले भने अमेरिका प्रवेशमा जुनसुकै बेला प्रतिबन्धको सामना गर्न सक्ने जनाएको छ। विश्वकपमा छनोट भएको सेनेगल र आइभरी कोस्टका समर्थक भने आंशिक रुपमा प्रभावित हुनसक्ने जनाइएको छ। विश्वकपमा सहभागी खेलाडी, प्रशिक्षक र अफिसियललाई भने यो नियम लागु हुने छैन। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अमेरिकाको यो घोषणाको स्वागत गरेको छ। फिफाले यो विश्वकपलाई अविश्मरणीय प्रतियोगिताका रुपमा आयोजना गर्न ह्वाइट हाउसले देखाएको सदासयता प्रसंशनीय रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम