मुख्य समाचार
बहिष्कार गरेपछि बहसपत्र कार्यदलले भन्यो- जेनजी परिषद् निर्माण कार्य अन्तिम चरणमा
बहिष्कार गरेपछि बहसपत्र कार्यदलले भन्यो- जेनजी परिषद् निर्माण कार्य अन्तिम चरणमा

। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजीका प्रतिनिधिसँग छलफल बोलाएको थियो ।

साँझ साँझ ५ बजेका लागि डाकिएको छलफल जेनजी प्रतिनिधिहरूले बहिष्कार गर्ने भएपछि कार्यदलका संयोजकले यसबारे प्रष्टीकरण दिएका छन् ।

कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेनजीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको बताए ।

जेनजी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएको सहमतिको विषय उठाएर आजको छलफल बहिष्कार गरेका हुन् ।

शाहले अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा रहेको र जेनजी परिषद् निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको बताएका छन् ।

यो कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन उनको आग्रह छ ।

कार्यदलले जेनजीहरूबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको छ ।

कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको हो । हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम रहेको कार्यदलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आउटसोर्सिङ मार्फत राखिने श्रमिकको श्रम शोषण हुने गरेको भन्दै सरकारले कडा कदम चालेको छ । सरकारले नेपाल राष्ट्र बैंक, श्रमिक आपूर्तिकर्ता कम्पनी लगायतलाई पत्र पठाउँदै श्रम ऐन अनुसार श्रमिकको अधिकार सुरक्षित गर्न कडा निर्देशन दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्र बैंकलाई श्रमिक आपूर्तिकर्ता मार्फत राखिने श्रमिकहरूको ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जारी गरेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार कोषको पुरानो नियमावली खारेज गरी पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री खड्कराज पोडेल (गनेस) ले नयाँ ...
। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ गंजेखोलाबाट ५६ लाख ७० हजार बराबरको एक हजार ६२० थान भेपसहित सात जना पक्राउ परेका छन् । जेठ १ गते राति ९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । चीनबाट भोटेकिशी-३ बोक्चेन हुँदै अरनिको राजमार्ग १० ...
। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति भवनमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटका अवसरमा उनीहरूबीच नेपाल तथा संयुक्त राष्ट्रसंघबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
। सप्तरीको खडक नगरपालिका-५ रंजितपुरबाट ठूलो मात्रामा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बलबहादुर लिम्बु रहेको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी डम्बरबहादुर पुरीले जानकारी दिए । उनीहरूले प्रयोग गरेको गाडीबाट करिब १४१ किलो ...