। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको ३६ अर्ब रुपैयाँको दायित्व ५५ अर्ब हाराहारी पुगेको छ ।
महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई पटक गरी ३६ अर्ब ऋण लिएको थियो ।
त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको थियो । तालिका अनुसार साँवाब्याज भुक्तानी नगरेका कारण नेपाल एयरलाइन्सले तिर्नुपर्ने दायित्व सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड पुगेको छ । जस अनुसार उसको दायित्व ५५ अर्ब ४ करोड पुगेको हो ।