मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

। चितवनमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–३ लायन्सचोक आलुमण्डीस्थित सडकमा आनन्दमार्गबाट लाचोकतर्फ आउँदै गरेको बा.९२ प ३१३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा परेर सोही महानगरपालिका–४ बस्ने २१ वर्षीय अनिष कुमालको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाह तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिएर दैलेखका एक वडा सचिवलाई धम्क्याउने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिइएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडासचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले ‘प्रधानमन्त्री कार्यालयबाट हुँ’ भन्दै फोनमार्फत अत्यन्त असभ्य भाषामा धाकधम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोही घटनाबारे ...
। प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् । खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुँ ...
: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा ठगी गर्ने ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि एकैसाथ छापा मारेकाे छ । साेही क्रममा ६९ जना सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विदेश पढ्न पठाइदिन्छु भन्दै नेपाली नागरिकहरूलाई ठगी गरेको भन्ने उजुरी परेपछि प्रहरीले शुक्रबार उपत्यकाका विभिन्न स्थानमा रहेका कन्सल्टेन्सीहरूमा एकैसाथ छापा मारेको ...
: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानले इस्लामाबाद उच्च अदालतमा रिट निवेदन दायर गरेकी छिन्।समाचार एजेन्सी पीटीआईका अनुसार अलिमाले आफ्ना दाजु इमरान खानलाई अदियाला जेलमा 'लामो समयसम्म एक्लै राखिएको भन्दै अदालतमा रिट निवेदन दायर गरेकी हुन्। उनले कारागार प्रशासनको यस कदमलाई गैरकानुनी र मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरेकी छिन्। पाकिस्तानको प्रतिष्ठित अखबार 'डन' का ...
। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा झन्डै दुई खर्ब राजस्व संकलन गरेको छ । चालु आवका साउन महिनादेखि वैशाख मसान्तसम्म एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको हो । भन्सार विभागले यस अवधिमा वीरगञ्ज भन्सार कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ ...