मुख्य समाचार
नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश
नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश

: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको हो। स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम प्रकरणमा सिइओ पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नियन्त्रणमा लिएको थियो।

त्यसविरुद्ध पाण्डेकी पत्नी निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन्।
'अतः बन्दी ज्योति प्रकाश पाण्डेलाई निवेदकले रोजेको निजको तर्फबाट प्रतिनिधित्व गर्ने कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा देश छोडि बाहिर जानु पर्दा अदालतको अनुमति लिएर मात्र जान पाउने तथा अपराध अनुसन्धान तहकीकातको सन्दर्भमा आवश्यक परेका बखत उपस्थित हुने, गराउने गरी कागज गराई धुनामुक्त गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा राखी आरोपित कसूरको अनुसन्धान तहकिकात गर्नु, गराउनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी दिएको छ,' आदेशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मानेभञ्ज्याङ गाउँपालिका–१ स्थित मोलीमा बाँदर रुग्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मानेभञ्ज्याङ गाउँपालिका–१ गहते बस्ने ४४ वर्षीया चेतकुमारी थापा मगर बिहीबार मकै बारीमा मृत फेला परेकी हुन् । स्थानीय ओम थापा मगरकी छोरी चेतकुमारी बिहीबार मध्यान्ह १२ः०० बजेतिर आफ्नो बारीमा बाँदर धपाउन (रुग्न) गएकी थिइन् । घर नफर्किएपछि खोजी गर्दा ...
। प्रधानमन्त्री बालेन्द्र शाह तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिएर दैलेखका एक वडा सचिवलाई धम्क्याउने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिइएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडासचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले ‘प्रधानमन्त्री कार्यालयबाट हुँ’ भन्दै फोनमार्फत अत्यन्त असभ्य भाषामा धाकधम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोही घटनाबारे ...
। प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् । खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुँ ...
: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा ठगी गर्ने ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि एकैसाथ छापा मारेकाे छ । साेही क्रममा ६९ जना सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विदेश पढ्न पठाइदिन्छु भन्दै नेपाली नागरिकहरूलाई ठगी गरेको भन्ने उजुरी परेपछि प्रहरीले शुक्रबार उपत्यकाका विभिन्न स्थानमा रहेका कन्सल्टेन्सीहरूमा एकैसाथ छापा मारेको ...
: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानले इस्लामाबाद उच्च अदालतमा रिट निवेदन दायर गरेकी छिन्।समाचार एजेन्सी पीटीआईका अनुसार अलिमाले आफ्ना दाजु इमरान खानलाई अदियाला जेलमा 'लामो समयसम्म एक्लै राखिएको भन्दै अदालतमा रिट निवेदन दायर गरेकी हुन्। उनले कारागार प्रशासनको यस कदमलाई गैरकानुनी र मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरेकी छिन्। पाकिस्तानको प्रतिष्ठित अखबार 'डन' का ...