मुख्य समाचार
ट्रम्पले इरानको आणविक कार्यक्रमलाई २० वर्षका लागि निलम्बन गर्न आफूलाई कुनै आपत्ति नभएको बताए
ट्रम्पले इरानको आणविक कार्यक्रमलाई २० वर्षका लागि निलम्बन गर्न आफूलाई कुनै आपत्ति नभएको बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई २० वर्षका लागि निलम्बन गर्न आफूलाई कुनै आपत्ति नभएको बताएका छन्। एयर फोर्स वान विमानबाट चीनको भ्रमण सकेर अमेरिका फर्किने क्रममा शुक्रबार उनले इरानले आणविक हतियार राख्न नपाउने कुरामा जोड दिए।

अमेरिकी राष्ट्रपतिले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनपिङ पनि इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने पक्षमा रहेको बताए। ट्रम्पले पत्रकारहरूसँग भने, 'चिनियाँ राष्ट्रपति शि जिनपिङ इरानसँग आणविक हतियार नभएको कुरामा पूर्ण विश्वस्त हुनुहुन्छ र उहाँ इरानले स्ट्रेट अफ होर्मुज खोलोस् भन्ने चाहनुहुन्छ।'

चीन भ्रमणबाट फर्किएपछि अमेरिकी पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानबाट तेल खरिद गर्ने चिनियाँ तेल कम्पनीहरूमाथि लगाइएको प्रतिबन्ध हटाउने विषयमा आगामी केही दिनभित्रै निर्णय लिने बताए। यसका साथै उनले चीनले अमेरिकाबाट अर्बौँ डलर बराबरको भटमास खरिद गर्ने जानकारी दिँदै यो अमेरिकी किसानहरूका लागि राम्रो समाचार भएको उल्लेख गरे।



ताइवानसँग जोडिएका प्रश्नहरूमा ट्रम्पले आफूले अहिलेसम्म ताइवानलाई हतियार उपलब्ध गराउने स्वीकृति नदिएको स्पष्ट पार्दै भविष्यमा त्यसो गर्न पनि सक्ने वा नगर्न पनि सक्ने बताए। उनले भने, 'ताइवानप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन आएको छैन।'

ट्रम्पले ताइवानको मुद्दामा चिनियाँ राष्ट्रपति शि जिनपिङसँग कुराकानी भएको पत्रकारहरूलाई जानकारी दिए। उनले ताइवानलाई लिएर कुनै सैन्य द्वन्द्व हुने आफूलाई नलागेको बताए। यद्यपि, उनले ताइवानको विषयमा चीनलाई कुनै आश्वासन भने दिएनन्।

जब उनलाई 'के तपाईं राष्ट्रपति शिलाई तानाशाह मान्नुहुन्छ ?' भनी सोधियो, तब उनले जवाफ दिए, 'म उहाँलाई चीनको राष्ट्रपति मान्छु र उहाँको सम्मान गर्छु।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...