मुख्य समाचार
पर्यटन विभागले सन् २०२६ को वसन्त ऋतुका लागि हिमाल आरोहणको अद्यावधिक तथ्याङ्क सार्वजनिक
पर्यटन विभागले सन् २०२६ को वसन्त ऋतुका लागि हिमाल आरोहणको अद्यावधिक तथ्याङ्क सार्वजनिक

: पर्यटन विभागले सन् २०२६ को वसन्त ऋतुका लागि हिमाल आरोहणको अद्यावधिक तथ्याङ्क सार्वजनिक गरेको छ । विभागको प्रतिवेदन अनुसार १ मार्च २०२६ देखि १५ मे २०२६ सम्मको अवधिमा विभिन्न ३० वटा हिमाल आरोहणका लागि अनुमति जारी गरेबापत कुल १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५ सय ५४ रुपैयाँ (८४ लाख २९ हजार ६ सय २६ अमेरिकी डलर) रोयल्टी संकलन भएको छ ।

यस सिजनमा १४२ वटा आरोहण दलका कुल १ हजार १८१ जना आरोहीहरूले नेपालका हिमाल चढ्ने अनुमति पाएका छन् । जसमा ८९८ पुरुष र २८३ महिला आरोहीहरू रहेका छन् ।
यस वर्ष पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा सबैभन्दा बढी आकर्षण र राजस्व संकलन देखिएको छ। सगरमाथा आरोहणका लागि मात्रै ५१ वटा टिमका ४९४ जना आरोहीहरूले अनुमति लिएका छन् । जसमा ३८९ पुरुष र १०५ महिला सहभागी छन् ।



सगरमाथाबाट मात्रै सरकारले १ अर्ब ७ करोड ८६ लाख ९१ हजार ४ सय ७५ रुपैयाँ रोयल्टी संकलन गरेको छ । सगरमाथा बाहेक लोत्से हिमालबाट ६ करोड ३६ लाख, मकालु १ बाट ३ करोड १७ लाख, आमादब्लमबाट १ करोड ६६ लाख र कञ्चनजङ्घा मुख्यबाट १ करोड ६० लाख रुपैयाँभन्दा बढी रोयल्टी उठेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

देशगत सहभागिताका आधारमा यस सिजनमा कुल ७९ देशका आरोहीहरू नेपाल आएका छन् । सबैभन्दा बढी आरोहीहरू चीनबाट १५६ जना र संयुक्त राज्य अमेरिकाबाट १५० जना रहेका छन् । त्यस्तै, भारतबाट ९७ जना, संयुक्त अधिराज्य (युके) बाट ७४ जना र रसियाबाट ७० जनाले आरोहण अनुमति लिएका छन् । नेपालका तर्फबाट भने ४३ जना (४ महिला र ३९ पुरुष) ले विभिन्न हिमाल आरोहणको अनुमति प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन् । हराएका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको थियो । सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायीसहितको टोली खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित ठूलो पहाडमुनि खोँचमा शव फेला पारेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष ...
: नेपाल–चीनबीचको उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट प्रहरीले ५६ लाख ७० हजार रुपैयाँ बराबरको १,६२० थान विद्युतीय चुरोट (भेप) सहित सात जनालाई नियन्त्रणमा लिएको छ । नाकाको सीमावर्ती क्षेत्रस्थित भोटेकोशी गाउँपालिका– ३ गंजेखोलाबाट प्रहरीले सो परिमाणमा भेपसहित सात जनालाई नियन्त्रणमा लिएको हो । ९ वटा बोराले छोपेर काटुनभित्र लुकाईछिपाई ल्याइएको अवस्थामा भेप बरामद गरेको प्रहरीले जनाएको छ ...
: देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौं लगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो। त्यस क्रममा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम छ सय ४० मिलिग्रामसहित सात जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ...
: नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमले समेट्न नसकेका बिषय बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल मोवाईल व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै आङदेम्बेले नीति तथा कार्यक्रममा प्रविधिसम्बन्धी धेरै बिषय छुटेको भन्दै त्यस्ता बिषयमा बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका हुन् । उनले नीति तथा कार्यक्रमको छलफललाई केहि घण्टामा खुम्चाइएकोप्रति असन्तुष्टि ...
। बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही गरिएको हो ...