: नेपाल सुपर लिग (एनएसएल) को चौंथो संस्करण भदौ २० गतेबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एक पत्रकार सम्मेलन गर्दै आगामी संस्करणमा टिमको संख्या पनि थप हुने जानकारी दिएको हो ।
चौंथो संस्करणको एनएसएल ‘होम एण्ड अवे’ मा हुने समेत पत्रकार सम्मेलनमा बताइएको हो । चौंथो संस्करणको एनएसएलमा टिमको संख्या पनि ७ बाट बढेर १० देखि १२ सम्म हुन सक्ने आयोजकले बताएको हो ।
गत संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो । ललितपुरले पोखरा थन्र्डसलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो । पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।