: चेल्सीलाई पराजित गर्दै इङ्ग्लिस एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। वेम्बेलीमा शनिबार राति भएको फाइनल खेलमा सिटीले चेल्सीलाई १-० ले पराजित गरेको
खेलको ७२ औँ मिनेटमा एन्टोइन सेमेन्योले गरेको गोल नै सिटीको लागि उपाधिको लागि निर्णायक गोल बन्यो। पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफमा सिटीले गोल गरेको हो। सेमेन्योको गोलमा आर्लिङ हाल्यानले असिस्ट प्रदान गरेका थिए। म्यानचेस्टर सिटीको यो आठौं एफए कप उपाधि हो।