मुख्य समाचार
विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरोमा आज अर्को एक नयाँ कीर्तिमान कायम
विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरोमा आज अर्को एक नयाँ कीर्तिमान कायम

: विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरोमा आज अर्को एक नयाँ कीर्तिमान कायम भएको छ । ‘एभरेस्ट म्यान’ का रूपमा विश्वभर परिचित साहसी पर्वतारोही कामिरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्दै ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको चालु पर्वतारोहण सिजनमा अनुकूल मौसमको सदुपयोग गर्दै उनले आज नेपालको राष्ट्रिय ध्वजालाई सगरमाथाको शिखरमा फहराउन सफल भएका हुन् ।

५६ वर्षीय कामिरिता शेर्पाले १७ मे २०२६ (सोमबार) का दिन बिहान ठीक १०ः१२ बजे (नेपाली समय) सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । उनले पर्यटन विभागबाट जारी क्लाइम्बिङ पर्मिट नम्बर ७० अन्तर्गत ‘१४ पिक्स एक्सपेडिसन’ द्वारा सञ्चालित दलको नेतृत्व गर्दै गाइडका रूपमा यो आरोहण पूरा गरेका हुन् । कीर्तिमानी आरोहीको यो अभूतपूर्व र सफल आरोहणको आधिकारिक पुष्टि भइसकेको छ ।

को हुन् कामरिता



१७ जनवरी १९७० मा सोलुखुम्बुको हिमाली गाउँ थामेमा जन्मिएका कामिरिता शेर्पाको विगत र आरोहण पृष्ठभूमि निकै रोचक र संघर्षपूर्ण छ । शेर्पा संस्कृति र हिमालसँगको सामीप्यमै हुर्किएका उनले सन् १९९४ मा २४ वर्षको उमेरमा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । विगत तीन दशकदेखि अनवरत रूपमा हिमाल आरोहणमा सक्रिय कामिरिताले पछिल्ला केही वर्षयता अरू कसैको कीर्तिमान नभई आफ्नै रेकर्ड परिमार्जन गर्दै आएका छन् ।
उनले सगरमाथा मात्र नभई विश्वका अन्य अत्यधिक जोखिमपूर्ण र ८,००० मिटरभन्दा अग्ला हिमालहरू जस्तै– केटू , चो ओयु, ल्होत्से, र मनास्लुको समेत धेरै पटक सफल आरोहण गरिसकेका छन् । हिमालमा विदेशी आरोहीहरूका लागि बाटो बनाउने र कठिन परिस्थितिमा नेतृत्व गर्ने कार्यमा उनी संसारकै सर्वोत्कृष्ट गाइड मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीहरूको अन्तर्राष्ट्रिय बजारीकरण तथा जडिबुटी संरक्षण र निर्यात प्रवर्द्धनका विषयमा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास मुगुका कृषिविज्ञ विद्यार्थी आशिष देवकोटाबीच काठमाडौंस्थित इजरायली दूतावासमा छलफल भएको छ। मुगुको सोरु गाउँपालिका, घर भई हाल कृषिमा स्नातकोत्तर अध्ययनरत देवकोटाले कर्णालीमा उत्पादन हुने कागुनो, चिनो, मार्सी चामल, कोदो लगायत रैथाने बालीलाई अन्तर्राष्ट्रिय ...
: घरायसी विवाद भएपछि चक्कु प्रहार गरी हत्या युवकको हत्या भएको छ। चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको हत्या भएको हो। हत्याको आरोपमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ। समिले घरायसी विवादका क्रममा धारिलो हतियार चक्कु ...
: अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका उनीहरूलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले सुनसरी जिल्ला अदालतको मुद्दा दर्ता नं. ०७५–ऋ ...
: सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको कस्मेटिक सामान, मन्जन (टुथपेष्ट) र ओखरसहित ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित भारतीय सीमा क्षेत्रमा गोप्य सूचनाको आधामा नं. ७ गण हेड क्वार्टर सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ जनाको गस्ती टोलीले शनिबार राति करिब ८ः४५ बजे चेकजाँच गर्ने क्रममा उक्त ...
: विश्वकै चौथो सर्वोच्च शिखर लोहत्से हिमालको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य सकिएको छ। पाँच जना शेर्पा सहयोगी (क्लाइम्बिङ गाइड) ले आइतबार बिहान ८:१० बजे हिमालको शिखरसम्मै पुगेर पर्वतारोहणका लागि बाटो खोलेका हुन्। मार्ग खुलेसँगै यस वर्ष लोहत्से आरोहणको अनुमति लिएका सम्पूर्ण स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि हिमाल चढ्ने ढोका पूर्ण रूपमा खुला भएको छ। पर्वतारोहण ...