मुख्य समाचार
रसियाली कच्चा तेल खरिदमा दिँदै आएको 'प्रतिबन्ध छुट' लाई नवीकरण नगर्ने निर्णय
रसियाली कच्चा तेल खरिदमा दिँदै आएको 'प्रतिबन्ध छुट' लाई नवीकरण नगर्ने निर्णय

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रसियाली कच्चा तेल खरिदमा दिँदै आएको 'प्रतिबन्ध छुट' लाई नवीकरण नगर्ने निर्णय गरेको छ। अमेरिकी अर्थ मन्त्रालयले यो छुटको म्याद थप नगरेपछि शनिबार अर्थात् १६ मे देखि यो स्वत: निष्क्रिय भएको छ।

इरानसँगको तनाव र होर्मुज जलडमरू बन्द भएका कारण सुरु भएको तेल अभावलाई कम गर्न अमेरिकाले केही समयका लागि यो छुट दिएको थियो। तर अब यो म्याद सकिएसँगै भारतसहित विश्वभर नै कच्चा तेलको मूल्य थप महँगिने र ऊर्जा संकट बढ्ने संकेत देखिएको छ।

भारत रसियन कच्चा तेलको सबैभन्दा ठुलो खरिदकर्तामध्ये एक हो। प्रतिबन्धमा छुट पाएसँगै अप्रिल र मे महिनामा भारतले कीर्तिमानी मात्रामा रसियन तेल आयात गरेको थियो। अब यो छुट अन्त्य भएसँगै भारतीय प्रशोधन केन्द्र हरूले कानुनी जोखिम र भुक्तानीको समस्या झेल्नुपर्ने देखिएको छ ।



इरानले विश्वकै प्रमुख तेल आपूर्ति मार्ग होर्मुज जलडमरू बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगिसकेको छ। यस्तोमा रसियन तेलमाथि पुनः कडा प्रतिबन्ध लाग्दा बजारमा तेलको अभाव अझ बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...