मुख्य समाचार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कंगो र युगान्डामा फैलिएको इबोला भाइरस संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कंगो र युगान्डामा फैलिएको इबोला भाइरस संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

:विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कंगो र युगान्डामा फैलिएको इबोला भाइरस संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। डब्लुएचओले मध्य अफ्रिकाभर संक्रमण सीमापार फैलिन सक्ने उच्च जोखिम रहेको चेतावनी दिएको हो।

बुन्डिबुग्यो स्ट्रेनको इबोला भाइरसबाट फैलिएको यो संक्रमणका कारण हालसम्म कंगोको इटुरी प्रान्तमा मात्रै ८० जनाको शंकास्पद मृत्यु भएको छ। त्यहाँ आठ जनामा प्रयोगशालाबाट संक्रमण पुष्टि भएको छ भने २४६ शंकास्पद बिरामी भेटिएका छन्।

संक्रमण बुनिया,र्वामपारा र मोन्गब्वालु स्वास्थ्य क्षेत्रमा फैलिएको बताइएको छ। प्रारम्भिक परीक्षणमा उच्च संक्रमणदर देखिएकाले वास्तविक संक्रमित संख्या अझ धेरै हुनसक्ने स्वास्थ्य अधिकारीहरूको अनुमान छ।

डब्लुएचओका अनुसार यो प्रकोप असाधारण छ,किनभने बुन्डिबुग्यो स्ट्रेनविरुद्ध हालसम्म स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन। इबोला जायर स्ट्रेनका लागि भने केही उपचार र खोप उपलब्ध छन्।

संक्रमण छिमेकी देश युगान्डामा समेत फैलिसकेको पुष्टि भएको छ। युगान्डाको राजधानी कम्पालामा कंगोबाट यात्रा गरेर आएका दुई जनामा संक्रमण पुष्टि भएको छ,जसमध्ये एक जनाको मृत्यु भइसकेको छ। त्यस्तै कंगोको Kinshasa मा पनि इटुरीबाट फर्किएका यात्रुमा संक्रमण पुष्टि भएको छ।

सन् १९७६ मा पहिलो पटक इबोला भाइरस पहिचान भएयता कंगोमा यो १७औँ प्रकोप हो। स्वास्थ्य विज्ञहरूका अनुसार मध्य अफ्रिकाको घना उष्णकटिबन्धीय जंगल भाइरसको प्राकृतिक स्रोत मानिन्छ। संक्रमित व्यक्तिको शारीरिक तरल पदार्थ वा दूषित सामग्रीको सम्पर्कबाट यो भाइरस फैलिने गर्छ।

इबोलाका सामान्य लक्षणमा ज्वरो, बान्ता, पखाला, शरीर दुख्ने तथा गम्भीर अवस्थामा रक्तस्राव हुने समस्या देखिन्छ। समयमै उपचार नपाए यो रोग घातक बन्न सक्छ। डब्लुएचओले पूर्वी कंगोसँग सीमा जोडिएका देशहरूमा थप संक्रमण फैलिन सक्ने जोखिम उच्च रहेको जनाएको छ। सीमा क्षेत्रमा आवतजावत जारी रहेकाले निगरानी प्रणालीमाथि थप दबाब परेको अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...