: नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले घर झगडा नभई देशको मुद्दामा चिन्तित हुने बेला भएको बताएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले अहिले कांग्रेसभित्रको समस्या भन्दा देशको मुद्दा ठूलो भएको बताएका हुन् ।
‘मैले आज बीपी कोइरालाले लगाउनु भएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो,’ सभापति थापाले भने, ‘यो जुत्तामा खुट्टा हालेको कांग्रेस सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’
सभापति थापाले पार्टीका सबैलाई मिलाएर अगाडि बढ्न आफू सँधै तयार रहेको पनि बताएका छन् । उनले आफूबाट १४ औं महाधिवेशनबाट निर्वाचिक कसैप्रति पनि विभेद नहुने प्रतिवद्धता समेत जनाएका छन् । उनले १४ औं महाधिवेशनबाट निर्वाचितहरुलाई समेत आफू विभिन्न कमिटीहरुमा सम्मानजनक ठाउँ दिन तयार रहेको बताएका छन् । उनले