मुख्य समाचार
काठमाडौं महानगरको शिक्षक दरबन्दी मिलानदेखि विद्यालय व्यवस्थापनसम्म नयाँ नीति
काठमाडौं महानगरको शिक्षक दरबन्दी मिलानदेखि विद्यालय व्यवस्थापनसम्म नयाँ नीति

। काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय शिक्षालाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षक दरबन्दी मिलान, छात्रवृत्ति वितरण र विद्यालय व्यवस्थापन समिति गठनमा नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले हालैका निर्णय र भावी योजनाबारे जानकारी दिँदै शिक्षा क्षेत्रमा सुधारका विभिन्न पहलहरू सुरु भएको बताए । महानगरले हालसम्म दुई चरणमा गरी करिव एक सय जना शिक्षकको दरबन्दी मिलान गरिसकेको छ ।

पहिलो र दोस्रो चरणमा शिक्षकहरूको चाहना र विद्यालयको आवश्यकतालाई प्राथमिकता दिइएकोमा अब तेस्रो चरणमा पूर्णतः आवश्यकताका आधारमा शिक्षक खटाउने तयारी गरिएको छ । यस्तै, निजी वा आन्तरिक स्रोतबाट नियुक्त शिक्षकहरूको व्यवस्थापन सम्बन्धित विद्यालयले नै गर्नुपर्ने र आन्तरिक स्रोत उपलब्ध भए कार्यविधि बनाएर उपदान वा क्षतिपूर्तिको व्यवस्था गर्न सकिने विभागले जनाएको छ । स्रोत नभएका विद्यालयको हकमा शिक्षा विभागमा सिफारिस गरेपछि आवश्यक निर्णय लिइने बताइएको छ ।

‘केही नेपाल ऐन संशोधन अध्यादेश २०८३’ मार्फत शिक्षा ऐनमा भएको परिवर्तनसँगै विद्यालय व्यवस्थापन समितिको संरचनामा पनि हेरफेर हुने भएको छ । यसअघि चन्दादाता वा बुद्धिजीवीमध्येबाट अध्यक्ष चयन हुने व्यवस्था संघीय कानुनसँग बाझिएर अदालतबाट खारेज भइसकेकाले अबदेखि उक्त प्रावधान हटाइएको छ ।

अब ४ जना अभिभावक, २ जना समाजसेवी/बुद्धिजीवी र १ जना वडा प्रतिनिधिको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल बहाल रहेका समितिहरूको हकमा कानुनी परामर्श गरी छिट्टै थप निर्णय लिइने प्रमुख ढकालले स्पष्ट पारे । कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्तिको छनोट प्रक्रियालाई थप पारदर्शी र उत्तरदायी बनाउन ‘छात्रवृत्ति छनोट समिति’ गठन गरिएको छ ।

वडाध्यक्ष वा उनले तोकेको सदस्य संयोजक रहने यस समितिमा विद्यालयका प्रधानाध्यापक, विद्यालय निरीक्षक र एक जना अभिभावक सदस्य रहनेछन् । महानगरले विद्यार्थी संख्याका आधारमा छात्रवृत्तिको प्रतिशत समेत निर्धारण गरेको छ । ५०० सम्म विद्यार्थी भएका विद्यालयमा १० प्रतिशत, ५०० देखि ८०० सम्म विद्यार्थी भएका विद्यालयमा १२ प्रतिशत र ८०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा १५ प्रतिशत रहेको छ । यसपटक छात्रवृत्ति व्यवस्थापनका लागि जेठ महिनाभरको समय सीमा दिइएको र यसको कडाइका साथ अनुगमन गरिने महानगरले जनाएको छ ।

परीक्षाको गोपनीयता र मर्यादित सञ्चालनका लागि महानगरले कर्मचारी तहबाटै परीक्षा समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रश्नपत्र निर्माण, छनोट र नतिजा प्रकाशन जस्ता प्राविधिक र संवेदनशील विषय भएकाले यसलाई विज्ञ र कर्मचारीहरूकै नेतृत्वमा राखिएको हो । यद्यपि, शिक्षा समितिले यसको अनुगमन र आवश्यक सुधारको अधिकार राख्ने बताइएको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको आईतवारको सार्वजनिक बिदाका सम्बन्धमा महानगरले हाललाई सरकारी निर्णयकै पालना गरिरहेको छ । उनका अनुसार आइतबार विद्यालय खोल्ने वा नखोल्ने विषयमा छिमेकी पालिकाहरू र सरोकारवालासँग छलफल भइरहेको छ । बिदाका कारण हुने शैक्षिक क्षतिलाई हिउँदे वा बर्खे बिदाबाट कटौती गर्ने तथा त्रैमासिक परीक्षाहरूलाई आन्तरिक मूल्याङ्कनमा सिमित गरी समय व्यवस्थापन गर्ने विषयमा बहस भइरहेको र छिट्टै निष्कर्षमा पुगिने ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोगविरुद्ध मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलनमा उत्रिएका छन्। विना वैकल्पिक व्यवस्था बस्ती हटाइएको भन्दै उनीहरूले सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाएका हुन्। संयुक्त संघर्ष समिति मोरङको आह्वानमा सोमबार विराटनगरमा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शनसमेत गरेका छन्। प्रदर्शनपछि समितिका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सुकुम्वासीमाथि भइरहेको व्यवहार ...
सगरमाथा मानव श्रमसीपको सिर्जना होइन, प्रकृतिले सुम्पिएको सम्पदा हो। यसकै कारण नेपालको पहिचान विश्वमा अग्लो छ। यही हिमाल सन् १९५३ मा पहिलोपटक आरोहण गरेर तेन्जिङ नोर्गे शेर्पाले देशको नाम चम्काएका थिए। उनकै पाइला पछ्याउँदै थुप्रै नेपालीले साहसको प्रतीकका रूपमा पनि आफूहरूसँगै देशलाई चिनाएका छन्। ५६ वर्षीय कामिरिता शेर्पाले जेठ ३ गते सगरमाथामा पाइला टेक्दा उनको आरोहण ...
: निर्माणाधीन तमोर करिडोर सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ। सोमबार बिहान करिब ९:३० बजे इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको टाटा विङ्गर अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ निवासी अन्दाजी ४० वर्षीया सवित्रा ढुंगेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ...
: झापाको काँकडभिट्टाबाट करिब डेढ करोडको सुन र अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल कोलकात्ता निवासी ३९ वर्षीय परम पाठक रहेका छन्। आज साँझ ५:१० बजे मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित भन्सार ढाँटमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म र मेची भन्सार कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ ...
: प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोजकुमार शर्मामाथि आज संसदीय सुनुवाइ हुने भएको छ। आज बिहान ८ बजे विधायन व्यवस्थापन समितिको सभाकक्षमा संसदीय सुनुवाइ समितिको बैठकमा शर्माविरुद्ध परेको उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रधानन्यायाधीशमा प्रस्तावित डा. शर्माको आज नै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा डा. शर्मा मुलुकको ३३ औं प्रधानन्यायाधीश बन्नेछन्। ...