मुख्य समाचार
राष्ट्रपति रामचन्द्र पौडेलसँग असन्तुष्टि व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलसँग असन्तुष्टि व्यक्त

। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रपति रामचन्द्र पौडेलसँग असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार सुर्खेतमा आयोजित ‘नेपाली कांग्रेसको वृहत्तर एकता र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै खड्काले राष्ट्रपति पौडेलको भूमिकासँग सांकेतिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

खड्काले २०७९ को निर्वाचनपछि गठबन्धन भत्किएको र त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफैले लामो कुराकानी गरेर पौडेललाई राष्ट्रपति बनाउन भूमिका खेलेको स्मरण गरे ।

‘राष्ट्रपति निर्वाचनअघि १० दिन वार्ता गरिसकेपछि बल्ल प्रचण्डजी मान्नुभयो,’ उनले भने, ‘तर, भोलि अप्ठेरो पार्नुहुन्छ कि, अप्ठेरो मान्छे । धेरै प्रश्न थिए । ती सबै प्रश्नको जिम्मा मैले लिएँ ।’

तर, राष्ट्रपति भएपछि पौडेलको भूमिकाले राष्ट्रिय राजनीतिमा दुर्गति भएको उनले आशय व्यक्त गरे । ‘राष्ट्रपति भएपछि २४ गते(भदौ २४)यता देशको दुर्गति हुनुमा उहाँले के–के भूमिका निर्वाह गर्नुभयो, आज म भन्दिनँ । त्यो पनि मसँग प्रमाण छ,’ खड्काले भने ।

यस्तै राष्ट्रपति पौडेलकै कारण गठबन्धन संस्कृति बिग्रिएको पनि उनले आशय व्यक्त गरे । ‘यी यावत् कारणले गठबन्धन बिग्रिएका हुन्,’ उनले भने ।

असन्तुष्टिको अन्तर्य

निवर्तमान कार्यवाहक सभापति खड्का राष्ट्रपति निर्वाचनपछि सत्ता फेरबदल हुँदा प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका थिए । त्यसपछि कांग्रेस–माओवादी केन्द्र गठबन्धन जोगाउन उनको तीव्र दौडधुप थियो ।

यस्तै खड्काले बालुवाटार र शितल निवासबीच निरन्तर ‘सटल डिप्लोमेसी’ चलाएका थिए । तर, भदौ २४ को घटनाक्रमपछि बदलिएको राजनीतिक कोर्षमा राष्ट्रपति पौडेलको भूमिकालाई लिएर खड्का अहिले चरम असन्तुष्ट देखिएका हुन् ।

देउवा पक्षका नेताहरूका अनुसार भदौ २४ गतेयता विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार गठनको रस्साकस्सीमा राष्ट्रपति पौडेलले खेलेको भूमिकाप्रति पार्टी नेतृत्व सशंकित बनेको थियो ।

त्यतिमात्र नभई १५ औं महाधिवेशनमा महामन्त्री गगन थापालाई सभापति बनाउन सहानुभूति राखेको बताइन्छ । विशेष महाधिवेशनका बेला पनि शीतल निवासले भूमिका खेलेको देउवा पक्षको बुझाइ छ ।

‘विगतमा उहाँ संकटमा हुनुहुन्थ्यो । त्यो बेला देउवाले गुन लगाएर राष्ट्रपति बनानुभयो । तर, अहिले पार्टीको आन्तरिक शक्ति सन्तुलनमा पौडेलले त्यो गुन तिर्नु त कता हो कता,’ खड्कानिकट एक नेताले भने, क नेताले भने, ‘उल्टै विरोधी समूहलाई संरक्षण गरेर देउवा समूहलाई कमजोर बनाउन खोज्नुभयो । त्यही कुराको आक्रोश पूर्णदाइले आज पोख्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउने प्रयास नभएको भन्ने कुरामा चित्त दुखाइ व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिभन्दा बाहिर रहेका नेता मिलाउन निकै प्रयास गरेको दाबी गर्दै ‘प्रयासै नगरेको’ भन्ने कुरामा चित्त दुखाइ व्यक्त गरेका हुन् । ‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि जान आफू तयार रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिहरूमा समेट्ने प्रस्ताव राखेका हुन् । ‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ठूलो पङ्ति बाहिर छ,’ सभापति थापाले भने, ‘म के ...
। कुवेत एयरवेजले काठमाडौं उडान पुन: सुरु गर्ने भएको छ । कुवेत-काठमाडौं-कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुन: सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ । पश्चिम एसिया युद्धका कारण कुवेत-काठमाडौं उडान रोकिएको थियो । कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । कुवेतले आफ्नो वेबसाइटमा राखेको मूल्य अनुसार काठमाडौं-कुवेत ...
। प्रहरीले सिरहामा बेवारिसे अवस्थामा झन्डै तीन क्वीन्टल गाँजा फेला पारेको छ । सिरहा प्रहरीका अनुसार शनिबार राति सिरहाको कर्जन्हा नगरपालिका कार्यालयदेखि ३०० मिटर दूरीमा एक झाडीमा ११ वटा बोराभित्र गाँजा फेला परेको हो । उक्त गाँजा तौलेर हेर्दा २७६ किलोग्राम रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशबहादुर पालले जानकारी दिएका छन् । उक्त गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ...
। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन् । ३३ औं मदन-आश्रित दिवसका अवसरमा ‘मदन-आश्रित प्रतिष्ठान’द्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको बताए । उनले राज्यका तीन अङ्गबीच उचित समन्वय हुन ...