मुख्य समाचार
युद्धविरामको समय सकिन लागेको भन्दै ट्रम्पले इरानलाई दिए यस्तो चेतावनी
युद्धविरामको समय सकिन लागेको भन्दै ट्रम्पले इरानलाई दिए यस्तो चेतावनी

: अमेरिका र इरानबीच युद्धविराम जारी रहे तापनि द्वन्द्व स्थायी रूपमा समाधान हुन सकेको छैन। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका लागि समय घर्किँदै गएको बताएका छन्।

युद्ध अन्त्यका लागि भइरहेको वार्ता निष्कर्षविहीन बनेपछि राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै समय निकै तीव्र गतिमा बितिरहेको बताएका हुन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल'मा लेख्दै ट्रम्पले भनेका छन्, 'इरानको समय घर्किँदै गइरहेको छ, उनीहरूले तुरुन्तै कदम चाल्नुपर्छ, अन्यथा उनीहरूसँग केही पनि बाँकी रहने छैन। समय निकै महत्त्वपूर्ण छ।'

अर्कोतर्फ, इरानी सञ्चारमाध्यमहरूले भने अमेरिकाले इरानको पछिल्लो प्रस्तावमाथि कुनै सकारात्मक कदम नचालेको आरोप लगाएका छन्। इरानको 'मेहर न्यूज एजेन्सी'का अनुसार अमेरिकाको यो सम्झौताहीन अडानले जारी वार्तालाई थप गतिरोधतर्फ धकेल्नेछ।



गत हप्ता मात्र इरानले अमेरिकाका मागहरूलाई अस्वीकार गरेको थियो। त्यतिबेला पनि राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै दुई देशबीचको युद्धविराम नाजुक अवस्थामा रहेको टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाउँदै तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने घोषणा गरेको छ । पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको यूएईमा पुनः सुरक्षा तनाव बढेपछि अबुधाबीले इरानविरुद्ध यस्तो कदम चालेको हो । यूएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापार, व्यापारिक ...
— रुससँग युद्ध जारी रहेकै बेला युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले राष्ट्रपति चुनावको माग गरेका छन् । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका निकट सहयोगीमध्येका फेडोरोभले नै सार्वजनिक रूपमै चुनावका लागि माग गरेका हुन् । यसलाई रुससँगको युद्ध सुरु भएयता जेलेन्स्कीसामु देखिएको सबैभन्दा ठूलो आन्तरिक चुनौती मानिएको छ । फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाएका थिए । उनले युट्युबमा सार्वजनिक भिडियो सन्देशमार्फत लामो युद्धका ...
— बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल बेलायत फर्किने तयारी गरेका छन्। ‘डेली टेलिग्राफ’ र ‘द सन’ले पहिलोपटक सार्वजनिक गरेको विवरणअनुसार ह्यारी र मेगन यसै महिनाको अन्त्यमा अमेरिकाबाट लन्डनबाहिरको निजी, गैरराजकीय निवासमा बसाइँ सर्ने तयारीमा छन् । उनीहरूका छोराछोरी ७ वर्षीय राजकुमार आर्ची र ५ वर्षीया राजकुमारी लिलिबेटले सेप्टेम्बरदेखि बेलायती विद्यालयमा अध्ययन सुरु गर्ने भएका छन् । राजा ...
। संयुक्त राष्ट्रसंघको एक टोलीले यसै साता सिरियामा बसर अल असदको समयका अघोषित केही आणविक स्थलको पहिलोपटक निरीक्षण गरेको छ । इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसी र उनको टोलीले सिरियामा तत्कालीन समयमा बनेका आणविक केन्द्को निरीक्षण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कूटनीतिक प्रयासपछि सिरिया र इजरायलसँग समझदारी बनेको थियो । ...
। रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताएका छन्। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले ...