मुख्य समाचार
काँकडभिट्टाबाट करिब डेढ करोडको सुन र अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ
काँकडभिट्टाबाट करिब डेढ करोडको सुन र अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ

: झापाको काँकडभिट्टाबाट करिब डेढ करोडको सुन र अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल कोलकात्ता निवासी ३९ वर्षीय परम पाठक रहेका छन्।

आज साँझ ५:१० बजे मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित भन्सार ढाँटमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म र मेची भन्सार कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका पाठकमाथि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सुन ,अमेरिकी डलर, भारतीय रुपैयाँ बरामद भएको जनाइएको छ।

उनको साथबाट एक करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबरको ५७० ग्राम सुन, ३० लाख ६५ हजार बराबरको २० हजार अमेरिकी डलर, ८५ हजार ४१० भारतीय रुपैयाँ, सवारी चालक अनुमतिपत्र, आधार कार्ड, भिभो मोबाइल , सामसङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक बरामद भएको छ। उनलाई आवश्यक कारबाहीको लागि सामानसहित मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाँचाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको हो। आयोगका अनुसार ऋण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा लगायतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस माग तथा मोलमोलाइ गरी रकम लिएको आरोप उनीमाथि ...
: नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई पार्टी सदस्य दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। यसअघि एमालेमा भण्डारीको पार्टी सदस्यताका कारण विवाद उत्पन्न भएको थियो। जेनजी आन्दोलन र आम निर्वाचनपछि बदलिएको राजनीतिक परिस्थितिले एमाले नेतृत्वले भण्डारीलाई ...
: जेनजी आन्दोलनको मौका छोपेर सुनसरीको झुम्का कारागारबाट भागेका एक जना कैदी मोरङबाट पक्राउ परेका छन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार मोरङको धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय सतन पासवानलाई पक्राउ गरिएको हो। उनका अनुसार पासवान जेनजी आन्दोलनको मौका छोपेर २०८२ साल भदौ २४ गते कारागारबाट फरार भएका थिए। अदालतले उनलाई ज्यान मार्ने ...
: प्रतिनिधि सभाका सांसद्‍हरुले मन्त्रीहरूका सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद गंगादेवी श्रेष्ठले मन्त्रीले सार्वजनिक गरेको सुनको बिल सार्वजनिक गर्नुपर्ने माग गरेकी हुन् । ‘भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारको मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो ?’ उनले प्रश्न गर्दै भनिन्,‘बिल पनि सार्वजनिक गरियोस्। बिलबिना ...
: काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोगविरुद्ध मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलनमा उत्रिएका छन्। विना वैकल्पिक व्यवस्था बस्ती हटाइएको भन्दै उनीहरूले सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाएका हुन्। संयुक्त संघर्ष समिति मोरङको आह्वानमा सोमबार विराटनगरमा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शनसमेत गरेका छन्। प्रदर्शनपछि समितिका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सुकुम्वासीमाथि भइरहेको व्यवहार ...