मुख्य समाचार
निर्माणाधीन तमोर करिडोर सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु
निर्माणाधीन तमोर करिडोर सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु

: निर्माणाधीन तमोर करिडोर सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ। सोमबार बिहान करिब ९:३० बजे इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको टाटा विङ्गर अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ निवासी अन्दाजी ४० वर्षीया सवित्रा ढुंगेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सवारीभित्र च्यापिएको अवस्थामा फेला परेकी थिइन् ।

दुर्घटनामा सवारी चालक तेजकुमार चेम्जोङ घाइते भएका छन्। पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ निवासी अन्दाजी २८ वर्षीय चेम्जोङको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै, दिपेन रसाइली पनि घाइते भएका छन्।

ताप्लेजुङको फुङलिङ नगरपालिका–८ निवासी अन्दाजी २२ वर्षीय रसाइलीलाई चालकसँगै उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उक्त सवारीमा करिब २ हजार ५ सय चल्ला समेत बोकेको जनाइएको छ। दुर्घटनामा केही चल्ला मरेर नष्ट भएका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाँचाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको हो। आयोगका अनुसार ऋण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा लगायतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस माग तथा मोलमोलाइ गरी रकम लिएको आरोप उनीमाथि ...
: नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई पार्टी सदस्य दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। यसअघि एमालेमा भण्डारीको पार्टी सदस्यताका कारण विवाद उत्पन्न भएको थियो। जेनजी आन्दोलन र आम निर्वाचनपछि बदलिएको राजनीतिक परिस्थितिले एमाले नेतृत्वले भण्डारीलाई ...
: जेनजी आन्दोलनको मौका छोपेर सुनसरीको झुम्का कारागारबाट भागेका एक जना कैदी मोरङबाट पक्राउ परेका छन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार मोरङको धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय सतन पासवानलाई पक्राउ गरिएको हो। उनका अनुसार पासवान जेनजी आन्दोलनको मौका छोपेर २०८२ साल भदौ २४ गते कारागारबाट फरार भएका थिए। अदालतले उनलाई ज्यान मार्ने ...
: प्रतिनिधि सभाका सांसद्‍हरुले मन्त्रीहरूका सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद गंगादेवी श्रेष्ठले मन्त्रीले सार्वजनिक गरेको सुनको बिल सार्वजनिक गर्नुपर्ने माग गरेकी हुन् । ‘भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारको मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो ?’ उनले प्रश्न गर्दै भनिन्,‘बिल पनि सार्वजनिक गरियोस्। बिलबिना ...
: काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोगविरुद्ध मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलनमा उत्रिएका छन्। विना वैकल्पिक व्यवस्था बस्ती हटाइएको भन्दै उनीहरूले सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाएका हुन्। संयुक्त संघर्ष समिति मोरङको आह्वानमा सोमबार विराटनगरमा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शनसमेत गरेका छन्। प्रदर्शनपछि समितिका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सुकुम्वासीमाथि भइरहेको व्यवहार ...