मुख्य समाचार
काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोगविरुद्ध मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलनमा
काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोगविरुद्ध मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलनमा

: काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोगविरुद्ध मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलनमा उत्रिएका छन्।

विना वैकल्पिक व्यवस्था बस्ती हटाइएको भन्दै उनीहरूले सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाएका हुन्। संयुक्त संघर्ष समिति मोरङको आह्वानमा सोमबार विराटनगरमा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शनसमेत गरेका छन्। प्रदर्शनपछि समितिका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सुकुम्वासीमाथि भइरहेको व्यवहार तत्काल रोक्न माग गरेका छन्।

समिति संयोजक निशा किरण राई नेतृत्वको टोलीले काठमाडौंका सुकुम्वासी बस्तीमा भएको बल प्रयोगलाई अमानवीय कार्यको संज्ञा दिँदै ज्ञापनपत्र बुझाएको हो। बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूको अवस्थासमेत विचार नगरी डोजर चलाएर उठिबास गराइएको भन्दै सुकुम्वासीहरुले राज्यले संवेदनशीलता गुमाएको आरोप लगाएका छन्।



ज्ञापनपत्रमा सरकारले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकमाथि नै हस्तक्षेप गरेको उल्लेख छ। संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको र धारा ५१ मा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने राज्यको नीति स्पष्ट रूपमा उल्लेख भए पनि व्यवहारमा त्यसको उल्टो भइरहेको संघर्ष समितिको भनाइ छ।

समितिले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका मानवअधिकारसम्बन्धी प्रतिबद्धतासमेत उल्लंघन भइरहेको दाबी गरेको छ। संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी घोषणापत्र तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिविपरीत सरकारले भूमिहीन नागरिकमाथि दमनकारी शैली अपनाएको आरोप लगाइएको छ।

संघर्ष समितिले सरकारसमक्ष चार बुँदे माग अघि सारेको छ। सुकुम्वासी बस्तीमा भइरहेको डोजर प्रयोग तत्काल रोक्नुपर्ने, सुकुम्वासीहरूको सहभागितामा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, वास्तविक भूमिहीनको पहिचानका लागि वडा र नगर तहबाट लगत संकलन गर्नुपर्ने तथा लामो समयदेखि ऐलानी र पर्ती जग्गामा बसोबास गर्दै आएका नागरिकलाई धनीपुर्जा उपलब्ध गराउनुपर्ने माग समितिको छ।

खोला किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई सुरक्षित बनाउन तटबन्ध निर्माण गर्नुपर्ने र सुकुम्वासी तथा हुकुमवासीको नाममा वास्तविक पीडितलाई भ्रमित पार्ने गतिविधि बन्द गर्नसमेत माग समितिले सरकारसँग राखेको छ। संयोजक राईले भूमि ऐन २०२१ को आठौँ संशोधनले भूमिहीन नागरिकलाई भूमि आयोगमार्फत जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था गरेको स्मरण गराउँदै त्यसलाई कार्यान्वयन गर्नुको सट्टा बल प्रयोग गरिनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताइन्। माग सम्बोधन नभए आन्दोलनलाई थप कडा बनाइने चेतावनी पनि उनले दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाँचाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको हो। आयोगका अनुसार ऋण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा लगायतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस माग तथा मोलमोलाइ गरी रकम लिएको आरोप उनीमाथि ...
: नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई पार्टी सदस्य दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। यसअघि एमालेमा भण्डारीको पार्टी सदस्यताका कारण विवाद उत्पन्न भएको थियो। जेनजी आन्दोलन र आम निर्वाचनपछि बदलिएको राजनीतिक परिस्थितिले एमाले नेतृत्वले भण्डारीलाई ...
: जेनजी आन्दोलनको मौका छोपेर सुनसरीको झुम्का कारागारबाट भागेका एक जना कैदी मोरङबाट पक्राउ परेका छन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार मोरङको धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय सतन पासवानलाई पक्राउ गरिएको हो। उनका अनुसार पासवान जेनजी आन्दोलनको मौका छोपेर २०८२ साल भदौ २४ गते कारागारबाट फरार भएका थिए। अदालतले उनलाई ज्यान मार्ने ...
: प्रतिनिधि सभाका सांसद्‍हरुले मन्त्रीहरूका सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद गंगादेवी श्रेष्ठले मन्त्रीले सार्वजनिक गरेको सुनको बिल सार्वजनिक गर्नुपर्ने माग गरेकी हुन् । ‘भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारको मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो ?’ उनले प्रश्न गर्दै भनिन्,‘बिल पनि सार्वजनिक गरियोस्। बिलबिना ...
सगरमाथा मानव श्रमसीपको सिर्जना होइन, प्रकृतिले सुम्पिएको सम्पदा हो। यसकै कारण नेपालको पहिचान विश्वमा अग्लो छ। यही हिमाल सन् १९५३ मा पहिलोपटक आरोहण गरेर तेन्जिङ नोर्गे शेर्पाले देशको नाम चम्काएका थिए। उनकै पाइला पछ्याउँदै थुप्रै नेपालीले साहसको प्रतीकका रूपमा पनि आफूहरूसँगै देशलाई चिनाएका छन्। ५६ वर्षीय कामिरिता शेर्पाले जेठ ३ गते सगरमाथामा पाइला टेक्दा उनको आरोहण ...