मुख्य समाचार
साउदी अरबले आइतबार आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा ड्रोनहरूलाई सफलतापूर्वक नष्ट गरेको दाबी
साउदी अरबले आइतबार आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा ड्रोनहरूलाई सफलतापूर्वक नष्ट गरेको दाबी

: साउदी अरबले आइतबार आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा ड्रोनहरूलाई सफलतापूर्वक नष्ट गरेको दाबी गरेको छ।

साउदी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्स (भूमिसिंह ट्विटर) मार्फत एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। मन्त्रालयका अनुसार मे १७ का दिन ती ड्रोनहरूलाई ध्वस्त पारिएको हो, जुन इराकी हवाई क्षेत्र हुँदै साउदी अरबको आकाशमा प्रवेश गरेका थिए।

रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल अल-मालिकीले देशको सार्वभौमिकतामाथि हुने कुनै पनि खतराको कडा प्रतिवाद गरिने चेतावनी दिएका छन्। उनले भने, 'हाम्रो रक्षा मन्त्रालयसँग सही समय र सही स्थानमा यसको जवाफ दिने पूर्ण अधिकार सुरक्षित छ। देशविरुद्ध हुने कुनै पनि किसिमका प्रयासमाथि आवश्यक र ठोस कदम चालिनेछ।'



पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेका आक्रमणहरूका कारण यस क्षेत्रमा भू-राजनीतिक तनाव चरम सीमामा पुगेको छ। गत अप्रिल महिनामा युद्धविराम लागू भएपछि ती देशहरूबीचको प्रत्यक्ष संघर्ष केही कम भएको भए तापनि इराकको तर्फबाट साउदी अरब र कुवेत लगायतका खाडी मुलुकहरूलाई लक्षित गरी भइरहेका ड्रोन आक्रमणहरू अझै रोकिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाउँदै तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने घोषणा गरेको छ । पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको यूएईमा पुनः सुरक्षा तनाव बढेपछि अबुधाबीले इरानविरुद्ध यस्तो कदम चालेको हो । यूएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापार, व्यापारिक ...
— रुससँग युद्ध जारी रहेकै बेला युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले राष्ट्रपति चुनावको माग गरेका छन् । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका निकट सहयोगीमध्येका फेडोरोभले नै सार्वजनिक रूपमै चुनावका लागि माग गरेका हुन् । यसलाई रुससँगको युद्ध सुरु भएयता जेलेन्स्कीसामु देखिएको सबैभन्दा ठूलो आन्तरिक चुनौती मानिएको छ । फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाएका थिए । उनले युट्युबमा सार्वजनिक भिडियो सन्देशमार्फत लामो युद्धका ...
— बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल बेलायत फर्किने तयारी गरेका छन्। ‘डेली टेलिग्राफ’ र ‘द सन’ले पहिलोपटक सार्वजनिक गरेको विवरणअनुसार ह्यारी र मेगन यसै महिनाको अन्त्यमा अमेरिकाबाट लन्डनबाहिरको निजी, गैरराजकीय निवासमा बसाइँ सर्ने तयारीमा छन् । उनीहरूका छोराछोरी ७ वर्षीय राजकुमार आर्ची र ५ वर्षीया राजकुमारी लिलिबेटले सेप्टेम्बरदेखि बेलायती विद्यालयमा अध्ययन सुरु गर्ने भएका छन् । राजा ...
। संयुक्त राष्ट्रसंघको एक टोलीले यसै साता सिरियामा बसर अल असदको समयका अघोषित केही आणविक स्थलको पहिलोपटक निरीक्षण गरेको छ । इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसी र उनको टोलीले सिरियामा तत्कालीन समयमा बनेका आणविक केन्द्को निरीक्षण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कूटनीतिक प्रयासपछि सिरिया र इजरायलसँग समझदारी बनेको थियो । ...
। रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताएका छन्। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले ...