मुख्य समाचार
युक्रेनी सेनाले गएको २४ घण्टामा रुसको सीमावर्ती क्षेत्र कुस्र्कमा व्यापक रूपमा तोप तथा ड्रोन आक्रमण गरेको दाबी
युक्रेनी सेनाले गएको २४ घण्टामा रुसको सीमावर्ती क्षेत्र कुस्र्कमा व्यापक रूपमा तोप तथा ड्रोन आक्रमण गरेको दाबी

। युक्रेनी सेनाले गएको २४ घण्टामा रुसको सीमावर्ती क्षेत्र कुस्र्कमा व्यापक रूपमा तोप तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

कुस्र्क क्षेत्रका गभर्नर अलेक्ज्याण्डर खिन्सटेनका अनुसार गत रात मात्रै उक्त क्षेत्रमा युक्रेनका १०८ वटा ड्रोनहरू खसालिएका छन् भने १७१ पटक तोपका गोलाहरू वर्षाइएका छन्।

गभर्नर खिन्सटेनले सामाजिक सञ्जाल ‘म्याक्स’ मार्फत सार्वजनिक गरेको विवरणअनुसार मे १८ को बिहान ९ बजेदेखि मे १९ को बिहान ९ बजेसम्मको अवधिमा विभिन्न प्रकारका १०८ युक्रेनी ड्रोनहरूलाई निस्तेज पारिएको हो । यसका साथै युक्रेनी सेनाले त्यहाँका दुर्गम तथा छुट्टिएर रहेका बस्तीहरूलाई लक्षित गरी १७१ पटक तोपआक्रमण गर्नुका साथै १० पटक विस्फोटक पदार्थ बोकेका ड्रोनहरू प्रयोग गरेर आक्रमण गरेको छ ।

यस भीषण आक्रमणका कारण कुस्र्कको बेलाया जिल्लास्थित गिरयी गाउँमा रहेको मिलको भण्डारण गृहको पर्खाल भत्किएको छ भने मालोए सोल्दात्स्कोएमा एउटा फिल्ड इन्जिनमा क्षति पुगेको छ। त्यस्तै, ओबोयान जिल्लाको नोभाया क्रिभ्त्सोभ्का गाउँमा युक्रेनी आक्रमणका कारण एउटा निजी घर पूर्ण रूपमा जलेर नष्ट भएको गभर्नरले जनाएका छन्।



यसअघि सोमबार साँझ ग्लुस्कोभो जिल्लाको मार्कोभो गाउँमा रहेको एउटा घरलाई लक्षित गरी युक्रेनी सेनाले गरेको आक्रमणमा परी बारीमा काम गरिरहेकी एक महिलाको मृत्यु भएको थियो। उक्त घटनामा अन्य दुई जना गम्भीर घाइते भएका थिए। मध्यपूर्वमा जारी तनाव र आन्तरिक मोर्चाको दबाबका बीच रुस-युक्रेन सीमा क्षेत्रमा युद्धको यो शृङ्खला अझ तीव्र बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...